अबिरल बर्षाले निस्दी खोलाकाे पक्की पुलमा क्षति

बाेलीखबर   २०८०-०६-१८

पाल्पा । अबिरल बर्षादका कारण रामपुर नगरपालिका वडा नं. २ र ३ जोड्ने निस्दी खोला पक्की पुलमा क्षति पुगेकाे छ ।  बुधबार दिउँसो अविरल वर्षाद संगै आएको भेलले क्षति पुगेकाे हाे ।

कालीगण्डकी करिडोर अन्तर्गत निर्माणाधिन अवस्थामा रहेको दुई लेन पुल निर्माणको क्रममा नदीको बहाव परिवर्तनका लागि थुपारिएको बालुवा तथा माटोका कारण नदीमा आएको नदीको भेलले पुलको छेउ भाग तथा सडकमा कटान गरेको हो । निर्माणाधिन पुलको वडा नं। २ तर्फको एक वटा स्पान निर्माण पश्चात वडा नं। ३ तर्फ काम सुरु भैरहेको थियो ।

सडकको केही भाग कटान गरेपछि अहिले कालीगण्डकी कारिडोर अन्तर्गत साना हलुका सवारी मात्र सञ्चालनमा रहेको छ । केलादी प्रहरी चौकीकाका अनुसार ठूला सवारी सञ्चालनमा केही समय लाग्ने बताए ।