ईस्लामिक सक्रिय युवा समाजद्वारा शुभकामना आदनप्रदान संगै राहत वितरण

बाेलीखबर   २०८०-०७-०५

पाल्पा। ईस्लामिक सक्रिय युवा समाज रामपुर नगरपालिका-४, पाल्पाले निम्न वर्गका परिवारलाई राहत वितरण गरेको छ । नेपालीहरुको महान पर्व वडा दशैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदन प्रदान संगै हिन्दु समुदायका २० परिवारलाई चाडपर्व मनाउनका लागि राहत सामाग्री प्रदान गरेको हो ।

पर्वहरुको अवसरमा शुभकामना आदन प्रदान संगै क्लवले निम्न परिवारलाई राहत वितरण सामाग्री वितरण गरेको हो । ईस्लामिक सक्रिय युवा समाजका अध्यक्ष सहादत हुसेनको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका वडा नं। ४ का वडा अध्यक्ष राम बहादुर रानाको प्रमुख आतिथ्यतामा भएको हो ।पर्वहरुको अवसरमा शुभकामना संगै राहत वितरण गर्दै प्रमुख अतिथी रानाले सामाजिक सद्भाव कायम राख्नका लागि क्लवले चालेको कदम प्रशंसनिय रहेको बताए। रानाले हाम्रो मौलिक संस्कृतिले थप उत्पेरणा प्रदान गर्ने बताउँदै आफ्नो क्षमता अनुसार पर्व मनाउन गरेका थिए।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ४ का वडा सदस्य महोम्मद अजिम शेख, मोहन सिं राना, कमला नेपाली, क्लवका पूर्व अध्यक्ष सम्सुल हक मियाँले शुभकामना आदन प्रदान गरेकाे थियाे । क्लवका अध्यक्ष सहादत हुसेनले वडा भित्रका टोल विकास समिति संग समन्वय गरि निम्न आर्थिक अवस्था भएका परिवार छनौट गरेर पर्वहरुको अवसरमा राहत प्रदान गरेको बताए।

क्लवले वडा भित्रका २० परिवारलाई प्रति परिवार चामल २५ केजी, नुन १ केजी, तेल १ लिटर, दाल १ केजी र सेयाविन प्रदान गरेको थियो ।