रास्वपाका सभापति रवि लामिछाने शनिबार रामपुर आउँदै

बाेलीखबर   २०८०-०७-१७

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने पाल्पाको रामपुर आउने भएको छ । यहि कार्तिक १८ गते पाल्पाको रामपुरमा हुन गैरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभालाई सम्बोधन गर्न सभापति लामिछाने आउने भएको हो ।

सभामा सभापति लामिछाने संगै सांसद डा. तोसिमा कार्की, केन्द्रीय सदस्य इश्रा मुल्ला मिया, केन्द्रिय सदस्य एवं गैर आवासीय नेपाली सम्पर्क विभाग प्रमुख अर्जुन अधिकारी, प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाह, मानव तथा वन्यजन्तु द्धन्द्व व्यवस्थापक होम क्षेत्री लगायत अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका सभापति अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रम रामपुर–५, बेझाँड बजारमा हुनेछ । खुल्ला सभाको तयारी संगै प्रचार प्रसारको कार्य भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरले जनाएको छ ।