जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प, पाल्पामा भूकम्पकाे धक्का महसुस

बाेलीखबर   २० कार्तिक २०८०, सोमबार १७:१४

पाल्पा । पाल्पामा भूकम्पकाे धक्का महसुस भएकाे छ । जाजरकोटमा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको हाे ।

आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो । शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ ।

पश्चिम नेपालका बुटवल, सुर्खेत र दाङ लगायतका स्थानमा पनि धक्का महसुस गरिएको छ ।
गत शुक्रवार राति गएको भूकम्पमा परेर १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन् । भौतिक सम्पत्तिको पनि ठूलो क्षति भएको छ ।