पाल्पाका एमाले नेताहरु रुकुम पश्चिममा भुकम्प पीडित परिवारका लागि अस्थायी घर बनाउदै

बाेलीखबर   २०८०-०८-०८

पाल्पा । गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम भुकम्प पीडित परिवारका लागि अस्थायी घर बनाउन राष्टिय युवा संघ नेपाल पाल्पाबाट रुकुम पश्चिम पुगेका छन् । संघिय सांसद नारायण प्रसाद आचार्य सहितको टोली अस्थायी घर निर्माण गर्न त्यहाँ पुगेको हो ।

पश्चिम रुकुमको आठविस्कोट नगरपालिका वडा नं. १३ घेत्मामा नेकपा एमाले पाल्पा, राष्टिय युवा संघ पाल्पा र अनेरास्ववियु पाल्पाका कार्यकर्ता गरी १५ जनाको समूहले भूकम्प पीडितका अस्थायी घर निर्माण गर्दै आएको नेकपा एमालेका युवा नेता शंकर गौतमले बताउनु भयो । गौतमका अनुसार नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष देबिलाल लामिछने, अनेरास्ववियु प्रदेश कमिटी सदस्य रमा श्रेष्ठ, कमल भट्टराई, अनेरास्ववियु पाल्पा जिल्ला कमिटी कोषाध्यक्ष सन्देश ढकाल, अनेरास्वविय लिल्ला सदस्य रमेश भट्टराई सहितका समूहले टहरा निर्माण तथा भत्किएका घर तथा भवनहरु निर्माण गरिरहेको बताउनु भयो ।

एक हप्तादेखि रुकुम पश्चिममा संघिय सांसद आचार्य सहित भूकम्प पीडितको अस्थायी घर निर्माणमा जुटेको हो । सांसद आचार्यले सरकारले भूकम्प पीडितहरुलाई जति सक्दो छिटो राहत उपलब्ध गराउन आग्रण गर्नु भएको थियो साथै अस्थायी घर निर्माण गरिदिन सरकारलाई आग्रह गर्नुभएको थियो । सबै युवाहरुलाई भूकम्प पीडित क्षेत्रमा पुगी सक्दो सहयोग गर्न समेत अपिल गर्नुभएको थियो ।