पाल्पा । रुकुम पश्चिम आठबिसकोट नगरपालिका वाड नम्बर १३ को गाउँबारीमा रहेको जनजागरण मा.वि.मा नेकपा एमाले पाल्पाले अस्थायी टहरा निर्माण गरेको छ । गत कार्तिक १७ गते गएको भुकम्पले क्षति भएको भग्नावसेष ब्यवस्थापन गर्दै ७ वटा अस्थायी टहरा विद्यालयलाई हस्तान्तरण गरेको हो ।

पाल्पा क्षेत्र नं. १ का संघिय साँसद नारायण आचार्यले विद्यालयका प्रधानाध्यापक कर्ण बहादुर परियारलाई हस्तान्तरण गर्दै भूकम्पले विद्यालयको भवन भड्किएपछि खुला आकाशमुनी अध्यापन गरिरहेका विद्यार्थीहरुलाई केही हदसम्म राहत पुग्ने बताउनु भयो । आचार्यले जाडोको मौसममा चिसोबाट बाँच्न सहयोग पुग्ने बताउनु भयो साथै आचायले भूकम्प पीडितलाई जति सक्दो चाडै राहत सामग्री वितरणसंगै अस्थायी टहरा बनाउन कन्जुस्याई नगर्न सरकारलाई दबाव दिने बताउनु भयो ।

सांसद आचार्य सहितको नेकपा एमाले पाल्पा, राष्टिय युवा संघ पाल्पा र अनेरास्ववियु पाल्पाका नेता, कार्यकर्ता गरी १५ जनाको स्वयमसेवक समूहले भूकम्प पीडितका अस्थायी घर निर्माण गर्दै आएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष देबिलाल लामिछने बताउनु भयो । साथै १५ दिन सम्म स्वयमसेवककाे रूपमा काम गर्ने बताउनु भयाे ।

उपाध्यक्ष लामिछानेको संयोजनमा अस्थायी टहरा बनाउन खटाइएको टोलीले हाल सम्म ३० वटा अस्थायी टहरा बनाइसकेको बताउनु भयो । लामिछानेले हामीले जनजागरण मा.वि.मा ७ वटा अस्थायी टहरा बनाइपछि हिजो (मंसिर १२) बाट विद्यालयको पठनपाठन संचालन आएको बताउनु भयो ।

विद्यालय प्राधनाध्यापक कर्ण बहादुर परियारले यस क्षेत्रका जनताको अस्थायी घर निमार्ण गर्न मंसिर ५ गतेदेखि भुकम्पले क्षती पुगेको विद्यालय र घर टहरा निर्माण गर्दै भुकम्प पीडितको दुखेको घाउमा मलमपट्टि गर्ने नेकपा एमाले पाल्पाको टिमिलाई यस क्षेत्रका जनताले हार्दिक आभार व्यक्त गर्नु भएको थियो । अस्थायी घर टहरा लालबहादुर दर्लामी, रोमबहादुर लम्तरी, शंकर गौतम, साबित्रा गुरुङ्ग, राजेश भट्टराई, रमा श्रेष्ठ, कमल भट्टराई, सन्देश ढकाल, सुमन पोखरेल, जीवन घिमिरे, देवबहादुर सारु, लिलबहादुर दिशा, रमेश भट्टराई समेतको टोलिले निर्माण सम्पन गरेको हो ।





