पाल्पा । निस्दी गाउँपालिकाको वडा नंं ४ मित्यालको घ्याङ्सिङ्गडाडामा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ । बन्दुक पड्किदा ४८ वर्षीय डम्मरबहादुर सारु मगरको ज्यान गएको हो ।
बारीमा आएको दुम्सी मार्न बोकेर हिँडेको बन्दुक पड्किँदा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
घटनास्थलबाट एक नाले भरुवा बन्दुक र भिर्ने झोला समेत बरामद भएकाे प्रहरीले जनाएकाे छ ।


