पाल्पा । निस्दी गाउँपालिकाको वडा नं.५ गल्धामा लडेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा *निस्दी–४, मित्याल खोप्लक बस्ने ७१ वर्षीय बेलबहादुर खाम्चा रहेको छ ।
बुधवार राति रामपुरबाट अस्पतालमा विरामी छाडेर घर फर्किने क्रममा बाटोबाट चिप्लिएर लड्दा खाम्चा गम्भीर घाइते हुनुभएको थियो ।
घाइते खाम्चाको रामपुरस्थित रामपुर अस्पतालमा उपचारहुन नसकेपछि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटामै मृत्यु भएको परिवारले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
*निस्दी-४ मित्याल खोप्लक हुनु पर्नेमा सच्याइएको छ । -सम्पादक