कालिका माध्यामिक बिद्यालयको भेला सम्पन्न

बाेलीखबर   २०८०-०९-०७

पाल्पा । कालिका माध्यामिक बिद्यालय रामपुर ४ को भेला बसेको छ । भेला बिद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक समिति गठनका बसेको हो ।

भेलामा रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राम बहादुर रानाले बोल्दै यदि तपाईंसंग एक बर्षको दुरदर्शिता छ भने फुल रोप्नुस, १० बर्षको दुरदर्शिता छ भने रुख रोप्नुस भन्नु भयो , उहाँले बोल्दै हामीसंग असिमित दुरदर्शिता छ भने बिद्यालय निर्माण गर्न बताउनु भएकाे छ ।

कार्यक्रममा रामपुर नगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक सिमा देबि थापा , कालिका माध्यमिक बिद्यालयको सल्लाहकार समिति संयोजक समाजसेवी दुर्गा देबि राना , नेपाली काङ्ग्रेस रामपुर नगरपालिका वडा नं ४ का वडा कार्यसमिति सचिब कमल राना, नेकपा एमाले रामपुर नगरपालिका वडा नं ४ वडा कमिटी अध्यक्ष डिल ब कौसी , समाजसेबी क्याप्टेन धन ब. श्रेष्ठ , पुर्ब विद्यार्थी तथा मदरसा नुरुलहुदा आधारभूत बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सहादत हुसेन शेख,समाजसेवी कविता मल्ल , समाजसेवी ओम नारायण श्रेष्ठ ,पत्रकार सन्जु देबि परियार लगाएतले बिद्यालयको प्रगतिको कामना सहित आ- आफ्ना भनाइ राख्नुभएको थियो ।

बिद्यालयको आर्थिक समृद्धिमा थप होस भनेर स्थानीय समाजसेवी प्रेम बहादुर सारुले रु ५ हजार रुपैयाँ नगद सहयोग गर्नुभएको थियो।

कार्यक्रम सन्चालन बिद्यालयको शिक्षक बेनिसरा गाहाले गर्नुभएको थियो।