पाल्पा । पाल्पा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यले मतदाताहरूलाइ अपिल गर्नु भएकाे छ । प्रतिनिधिसभा सदस्यमा पाल्पा जिल्ला क्षेत्र नम्बर १ बाट निर्वािचत भएकाे एक बर्ष पुरा भएकाे अवसरमा मतदाताहरूलाई अपिल गर्नु भएकाे हाे ।
पुस ७ २०८९ को संघीय संसद र प्रदेश सभाको निर्बाचन सपन्न भएर सफथ ग्रहण गरेको एक बर्ष पूरा भएको दिन हो ।
पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य आचार्य २०५४ मा साबिक रिङ्ग्नेरह गा बि.स. अध्यक्ष , २०७४ मा लुम्बिनी प्रदेश सभा सदस्य पदमा हुदै हाल प्रतिनिधि सभा सदस्य भन्नु भएको हो ।
मतदातालाई आचार्यको अपिल
आदरणीय आमाबुवा दाजुभाइ दिदिबहिनीमा नमस्कार , यहाँहरु सबैमा हार्दिक आभार तथा धन्यवाद तपाईको अमुल्य मतले जनप्रतिनिधि भएको एक बर्ष पुरा भएको छ ।
आदरणीय पाल्पाली जनताद्वारा पाल्पा जिल्लाको समग्र बिकाश निर्माण संगै नेपाली जनताको हित अनुकुलको एन नियम र कानुन निर्माण गर्ने जिम्मेवारी सहित संघीय संसदमा पुर्याउनुहुने जनताको जनमतलाई आभार प्रकट गर्दछु ।
जनताको जनअभिमतलाई सिरमा राखेर आगाडी बढिरहेको आजको राष्ट्रियता, जनजिबिका र सवृद्धीको पाल्पाली जनताको चट्टानि आबजलाई संसद मार्फत बुलन्द गर्दै आइरहेको छु । सरकारलाई ध्यानाकर्षण र खबरदारी गर्दै यस अबधिमा जनताको आबाज सुन्ने र जनताको हित अनुकुलका कार्य गर्ने अभियानमा निरन्तर लागिरहेको छु ।
संघीय संसदमा निर्वाचित भइ २०८० र ०८१ को सरकारको नीति तथा कार्यक्रम र बजेट बिनियोजनमा नेपाली जनताको हित संगै पाल्पालि जनताको विकाश र समृद्धिको चाहनालाई उच्च स्थानमा राख्दै बजेटका बिषयमा सुझाव, सल्लाह, संगै कमिकमजोरीलाई औल्याउँदै संसदको कुल ९० बैठक मध्य ६५ वटा बैठकमा उपस्थित हुदै सरकारलाई १० औ पटक संसदको रोष्टम बाट निरन्तर खबरदारी र ध्यानाकर्षण गरिरहनु भएको छु ।
आदरणीय प्यारा जनता संसदको अर्थ समितिको सदस्य रहि संसदमा नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्थाबलाई कार्यन्वयन गर्न बनेको विद्येक, बिद्यालय शिक्षा सम्वन्धि कानुलाई सम्सोधन गर्न बनेको बिद्येक, नेपाल बिश्वबिद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेक, बिद्युत सम्वन्धी कानुनलाई सम्सोधन गर्न वनेको विद्येकमा संशोधन प्रस्ताव पेस गर्दै विनियोजन विद्येक २०८० अन्तर्गत अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन न्याय तथा संसदिय व्यवस्था मन्त्रालय, उर्जा तथा सिंचाई मन्त्रालय , कृर्षि पसुपक्षीं मन्त्रालय लगायतको मन्त्री संग प्रश्नोउत्तरमा सहभागी भएको छु । आवश्यकता र औचित्यका आधारमा पाल्पाको समग्र बिकासको लागि सरकार संग अधिकतम बजेट माग गर्दै आएको छु।
पाल्पाली जनतालाई पनि अबगतनै छ बजेट बिनियोजन आबस्यक्ताको आधारमा होईन पहुँचका आधारमा सत्तासिन दलका नेता र मन्त्रीका क्षेत्रमा मात्र बजेट बिनियोजन हुने यस्ता कार्यप्रती संसद बैठक मार्फतनै असमती प्रकट गर्दै आएको छु ।
न्याय प्रेमी जनसमुदाय , प्रतिपक्ष नजरियाका कारण माग गरेका केही क्षेत्रमा मात्र बजेट बिनियोजन गर्न सफल भएको छु । त्यसका बाबजुत पनि संगै पुर्वखोला, निस्दि, रम्भा, माथागढी गाउपलिकाको १५ सैयाको अस्पताल निमार्ण, संघ र प्रदेशको समन्वयमा रामपुर सडक स्तर उन्नतिको लागि बजेट विनियोजन, निस्दी, पुवखोला, रम्भा, माथागढी पालिका पहुचँ मार्ग र रणनैतिक सडक अन्र्तगत बजेट बिनियोजन, माथागढि र निस्दिमा पुर्ण बिद्युतिकरणको काम अन्तिम चरणमा छ । त्यस्तै रामपुर फाँट सिचाई आयोजना, पाल्पा रामपुरको व्यबस्थीत सहर निमार्णका लागि सम्भाव्य अध्ययन, रामपुर कपुरबोट सडक, वासटारी झडोवा दुम्किवास वैकल्पिक सहायक राजमर्ग कार्यक्रम, रणनितिक पुल निमार्ण तथा पुलपुलेशा संरक्षण, लगायत भौतिक पुर्वाधार, उर्जा तथा सिंचाई, खेलकुद खानेपानि, पर्यटन, शहरि विकाश, शिक्षा, स्वास्थ्य, लगायतका क्षेत्रको विकाशको लागि वजेट विनियोजन भएका छन् ।
धेरै क्षेत्रमा बजेट बिनियोजन हुन सकेन यस प्रति दुख व्यक्त गर्दै जनतासंग मन साट्दै दुःखका बेला आँसु पुस्न र भावना साट्न गाउँ बस्ति र घर घर पुगिरहेको छु र पुग्ने प्रतिबद्धता व्यक्त गर्दछु । पाल्पा क्षेत्र नम्बर १ का जनताको टीका टिप्पणी र आबाज लाई प्रत्यक्ष र विभिन्न सामाजिक संजाल, फोन, ईमेल, भाईबर, वाड्स्याप मार्फत हेर्दै र सुन्दै पाल्पाको बिकास प्रतिको तत्परता र खबरदारी र सुझावलाई आफ्नो गतिशीलतााई थप उर्जादिने शक्तिको रुपमा लिदै आएको जानकारी गराउछु । समाज रुपान्तरण र समाज परिबर्तनमा आफ्नो जिबन समग्र नेपाली र पाल्पाली संगै सुखिनेपाली समृद्ध नेपानको आकांक्षालाई पूरा गर्न जनताको सुझावलाई आत्मसात गर्दै जस्तो सुकै परिस्थितिको सामना गर्दै अगाडी बढीरहेको छु ।
यसपाली बजेट बिनियोन हुन नसकेको र आबस्यक्ता रहेको ठाउँमा अर्को पटक प्राथमिकताका साथ समाबेश गर्ने अभियानमा लाग्ने बाचा गर्दै बजेट मागको प्रक्रियामा संगै सुझाब सल्लाह सहित योजना सिफारिस गर्ने पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत लुम्विनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, खेम सारु, नगरपालिका र गाउपालिका प्रमुख , अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष, विभिन्न पाटिका नेता कार्यकर्ता र विभिन्न क्षेत्रका ब्यक्ति र जनसमुदाय प्रती हार्दिक आभार प्रकट गर्दछु । संघियताको मुलमर्म र भावना अनुसार प्रदेश र स्थानीय तहसंग समन्वय सहित यश क्षेत्रको विकासको अभियानमा जुट्नु पर्ने आबस्यक्ताको महसुस गर्दै केही स्थानीय तह संगको समन्वय गर्ने प्रयास गर्दा पनि समन्वय हुन नसकेको महसुस भएको छ । यस क्षेत्रको जनताको मतलाई उच्च सम्मानसहित आउदा दिनमा अझ शसक्त रुपमा जनहितमा लागिरहने बाचा गर्दछु ।
यो संगै पाल्पा जिल्लाको जनप्रतिनिधिको रुपमा जनताको सेवामा समर्पित हुदै गर्दा २०८० साल कार्तिक १७ गते भुकम्पबाट जाजरकोट र पश्चिम रुकुम ढलेको खबरले मर्माहत हुदै । जाजरकोट र रुकुम पश्चिमका जनतालाई भुकम्पले दिएको घाउमा मलम पट्टि लगाउन पुग्नु भएको थियो ।