पाल्पा । दियालो सामाजिक महिला उद्यमी सहकारीको आठौं बार्षिक साधारणसभा एबम तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपप्रमुख थापाले बोल्दै महिलालाइ सहकारीले गोलबन्द गर्दै आएको बताउनु भएको छ । उहाँ आफु पनि महिला सहकारीको सदस्य रहेको जनाउदै आर्थिक सामाजिक रुपमा अगाडि आउन सहकारीले मार्ग प्रसस्त गरेको बताउनु भएको छ । उहाँले सहकारीले बाख्रा उत्पादन गर्दै आएकोमा अझ बढी उत्पादन गरेर समृद्ध बन्न सुझाउनु भएको छ ।

कार्यक्रममा दर्छा क्याम्पसका प्राचार्य पशुपति खनालले महिला र महिला सहकारी नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउदै सहकारीलाई उत्पादनसंग जोड्न सकिएन भने थप समस्या उत्पन्न हुन्छ, उत्पादन र बजारको पहुँच सम्म सहकारी र स्थानीय सरकारले सघाउनुपर्ने बताउनुभयो । “सहकारीलाई उत्पादन संग जोड्न सकेनौ भने हाम्रो प्रगति हुन सक्दैन । उहाँले भन्नुभयो सहकारीका शेयर सदस्यहरुलाई उत्पादन सदस्य कसरी बन्ने भन्ने सोचका साथ अगाडी बढ्न आग्रह गर्नुभयो । हाल सहकारीको काम राम्रो रहेको आगामी दिनमा अझ व्यस्थित र समृद्ध बन्दै जाओस भन्नु भएको छ ।
कार्यक्रममा सल्लाहकार ऋषिराम खनाल , दर्छा हरियाली बचत तथा ऋण सहकारीका अध्यक्ष गणेश घिमिरे ,दुर्गा देबि महिला सहकारीका अध्यक्ष बिजु घिमिरे सेयर सदस्यको तर्फबाट चिज कुमारी थापा लगाएतले आफ्ना भनाइ राख्नु भएको थियो ।
सहकारीले हाल सम्म १ करोड ३२ लाख बराबरको कारोबार गरेको सहकारीका कोषाध्यक्ष सबिता पराजुले आर्थिक प्रतिबेदनमा प्रस्तुत गर्नु भएको छ । त्यस्तै सहकारीका अध्यक्ष ईश्वरी देबि खनालका अनुसार ” महिला सहकारीले ग्रामीण भेगका महिलाको आयाआर्जनमा सहयोग पुर्याउदै बचत गर्ने बानि बसालेको छ ” हाल सहकारीले बाख्रा जोखेर बेच्दै आएको छ । हाल सहकारीमा ३३० शेयर सदस्य रहेका छन ।
कार्यक्रममा धेरै बाख्रा बेच्ने ज्ञानु थापालाइ बाटा प्रमाणपत्र दोसल्ला र नगत दिएर सम्मान गरीएको छ । थापाले ५ सय ७५ किलो बाख्रा बेच्नु भएको हो ।
कार्यक्रम सहकारीका अध्यक्ष इश्वरीको अध्यक्षता सस्थाका उपाध्यक्ष डिलमाया रानाको स्वागत र सचिब रमा थापाको सन्चालनमा भएको थियो।




