पाल्पा । नेवारी महिलाहरु द्धारा योमरी पुर्णिमा मनाइएको छ । पाल्पा रामपुरमा नेवारी महिला समुहको आयोजनामा यमरी पुर्णिामा मनाइएको हो ।
नेवारी परम्परा र खाना सस्कृति बचाउने उद्देश्यले एक कार्यक्रम गरीएको पुजा गरीएको थियो ।
नेपाल भाषामा यो भनेको मन पर्ने र मरी भन्नाले रोटी भन्ने बुझिन्छ । यसरी नेवार भाषामा मन पर्ने रोटी भन्ने बुझिन्छ र नेवारी खानामा सबै भन्दा मिठो खाने कुराको रुपमा यमरीलाइ लीइन्छ । खास नेवार समुदायमा घरमा नयाँ धान भित्र्याय पछि धनसार बनाएर राख्ने र मङ्सिर पुर्णिामाको दिन सोहि नयाँ धानको रोटि बनाएर परीवार इस्ट मित्र आफन्तलाइ बाड्ने र प्रकृतिलाइ समर्पित गर्ने र आफु पनि खाने चलन छ ।
रामपुरमा पनि यो बर्ष सामुहिक यमरी बनाएर खाने र खुवाउने गरीएको छ । नेवारी महिला समुहको सक्रियतामा गरीएको योमरी कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको हो । उहाँले “आफ्नो परम्परा भाषा सस्कार र सभ्यता ,सस्कृति आफ्नो पहिचान हो । यसलाइ बचाइ राख्नु हामी सबैको कर्तव्य हो,” भन्दै यस्को संरक्षकण सबै लाग्नु पर्ने बताउनु भएको छ । उहाँले आफु पनि नेवार समुदायकै भएकोले नेवारी परम्परा धेरै छन । त्यस्मा पनि योमरी एक खाना हो भन्दै जुन भकारी पुजा गर्ने बाजा बजाएर घर घरमा जाने यमरी दिने लीने खाने चलन हो जुन पछिल्लो समय लोप हुदै गएको थियो भन्दै यो कार्यक्रम राखेर सस्कृति जगेर्ना गरेकोमा समुहलाइ धन्यवाद समेत दिनु भएको छ ।
कार्यक्रममा नेवा देय दवु रामपुरका अध्यक्ष रुद्र नारायण श्रेष्ठ , नेवा समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठ लगायतले आफ्ना भनाइहरु राख्नु भएको छ ।
परम्परा सस्कार सस्कृति पुराना पुस्तामा भयपनि नयाँ पुस्ताले खासै चासो राख्दैनन यस्को संरक्षण गर्न यो सामुहिक कार्यक्रम गरीएको सचिब बिन्दु श्रेष्ठले बताउनु भएको छ ।
नेवारी महिला समुहका सदस्य उमा कुमारी श्रेष्ठको स्वागत , समुह सचिब बिन्दु श्रेष्ठको धन्यवाद र सदस्य मैना श्रेष्ठको सन्चालनमा भएको थियो ।