दर्छा हरीयाली साना किसान कृषि सहकारी सस्थाको १५ औ साधारणसभा सम्पन्न

बोली खबर   १४ पुष २०८०, शनिबार १९:२४

दर्छा हरीयाली साना किसान कृषि सहकारी सस्थाको १५ औ साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश पाल्पा क्षेत्र न १ प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ रहनु भएको थियो । प्रमुख अतिथि श्रेष्ठले बोल्दै उत्पादनलाइ बजारीकरण गर्नु पर्नेमा जोड दिनु भएको छ। उहाँले आफु सहकारीको लामो समय अध्यक्ष भएकोले सहकारीलाइ माया लाग्ने बताउनु भएको छ । यस क्षेत्रमा भएको उत्पादनलाइ बजार सम्म पुर्याउन सहकारीले भुमिका निभाउन अनुरोध गर्नु भएको हो ।

पुर्ब प्रदेश सभा सदस्य युबराज खनालले बोल्दै आर्थिक अबस्थामा सुधार ल्याउन सहकारीले मद्दत गर्छ यस्का निम्ति सबै इमानदार भएर लाग्नु पर्ने बताउनु भएको छ ।

कार्यक्रममा वडा अध्यक्ष दामोदर पाठक , रामपुर बचत तथा ऋण सहकारीका कोषाध्यक्ष बन्दना पोखरेल लगाएतले सहकारीको प्रगतिको शुभकामना दिनु भएको छ ।

सस्थाका अध्यक्ष गणेश प्रसाद घिमिरेले ९४७ शेयर सदस्य रहेको २करोड बराबरको नियमित बचत कारोबार ७२ लाख बराबर शेयर पुजी रहेको तथा ६ करोड माथि आर्थिक कारोबार भएको आर्थिक प्रतिबेदनमा प्रस्तुत गर्नु भएको छ ।
लेखा प्रतिबेदन लेखा संयोजक कृष्ण प्रसाद खनालले प्रस्तुत गर्नु भएको थियोे । बिमा पशु धन सुरक्षणका संयोजक बालकृष्ण खनालले ६० वटा पशु बिमाको रकम बितरण गरीएको साथै मल बिउबिजन जस्ता कृषिजन्य बस्तु बितरण गरेको जानकारी गराउनु भएको छ ।

सस्थाले जेष्ठ नागरिक सम्मान गरेको छ । जसमा हिरण्यराज रेग्मी , खुमब थापा, लोक क्षेत्री , रुम्माङ्गत अधिकारी बिर ब श्रेष्ठ ,बिष्णु प्रसाद पाण्डे , जेष्ठ ब राना लाइ सम्मान गरीएको छ ।
सस्थाको उच्च शेयर पुजि सम्मान ६ जनालाइ गरीएको छ। प्रकाश चन्द्र खनाल , मन कुमारी श्रेष्ठ , शलक ब कामी , दिल माया श्रेष्ठ , फुलमाया लामिछाने , कमल घर्ति
नियमित बचत तर्फ गणेश प्रसाद घिमिरे , सुन्दर बिक , लुक ब बिरकट्टा , शान्ति कडेल , केशरी सुबेदि पराजुली रहनु भएको छ ।

उच्च बाल बचत कर्ता सनम घर्ती र सुसना श्रेष्ठ
उच्च शिक्षा तर्फ उत्कृष्ट सरोज पाण्डे , एस ईईमा उत्कृष्ट बिदुर खनाल । असल ऋणी तर्फ बिन्दु बहादुर खत्री , कमला कामी, सुकुमाया सारु ,काशिराम खनाल , पान कुमारी नेपाली ,शान्ति घर्ति सम्मानित हुनु भएको छ ।

सहकारीका उपाध्यक्ष रेनुका देबि ठाडाको स्वागत सहकारीका अध्यक्ष गणेश प्रसाद घिमिरेको अध्यक्षतामा र शेयर सदस्य हरी पोखरेलको सन्चालनमा भएको थियो । कार्यक्रमको बिच बीचमा रजघरा बोडिङ्गको विद्यार्थीबाट रमाइलो नृत्य प्रस्तुत गरीएको थियो ।