रामपुरका युवा व्यवसायीद्धारा झिरूबासकाे आगलागी पीडित परिवारलाई राहत सामाग्री प्रदान

बाेलीखबर   २०८०-०९-१६

पाल्पा । रामपुरका युवा ब्यवसायीहरूद्धारा निस्दी गाउँपालिका वडा नम्बर -३, झिरुबास, क्याङरुङको आगलागी पीडित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ । गएको शनिबार भएको आगलागी पीडित श्याम बहादुर पल्लीको परिवारलाई राहत प्रदान गरेको हो।

आगलागी पीडित पल्लीको घरमा पुगेर तत्कालको लागि अत्यावश्यक खाद्यान्न, शैक्षिक सामाग्री र नगद सहित सामग्री प्रदान गरेको युवा ब्यवसायी राजु रायमाझीले बताउनुभएको छ ।

रामपुर रहेका युवा ब्यवसायी माेहन श्रेष्ठकाे पहलमा पीडित परिवारलाई सहयोग गरे केही राहत हुने भन्दै सबैले सहयाेग गर्न अपिल गर्नु भएकाे थियाे ।

निस्दी गाउँपालिकाको कार्यालय, बिभिन्न संघ संस्थाहरू, ब्यक्तिगत सहयाेगहरूले पिडित परिवारलाई राहत सामग्री प्रदान गरेको वडा अध्यक्ष नबिन्द्र थापाले बताउनुभएको छ ।

राहत सामग्री सहयोग गर्नुहुने सबैलाई पल्लीको परिवारले धन्यवाद दिएका छन । आगलागीबाट पल्लीको घरगोठ जलेर पुर्ण रूपमा नष्ट भएको थियो । घरमा लागेको आगोमा जलेर पल्लीको ९ महिनाकी नातिनी दिप्सना पल्लीको मृत्यु भएको थियो ।