पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछाने पाल्पाको रामपुर आउने भएको छ । आज पाैष २१ गते शनिवार पाल्पाको रामपुरमा हुन गैरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभालाई सम्बोधन गर्न सभापति लामिछाने आउने भएको हो ।
सभामा सभापति लामिछाने संगै सांसद सुमना श्रेष्ठ, एनआरएनका बिभागीय प्रमुख अर्जुन अधिकारी लगायत अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका सभापति अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
सभाकाे पूर्व सान्ध्यमा शुक्रबार पत्रकार सम्मेलन गरेकाे छ । सम्मेलनमा पूर्व श्रममन्त्री सांसद डिपी अर्यालले कालीगण्डकी पानी लिप्टिङ मार्फत रामपुरकाे बिकास गर्न सकिने बताउनु भएकाे थियाे । साथै कालीगण्डकी पानी लिप्टिङ गरी ल्याउन सहयाेग गर्ने प्रतिवद्धता समेत जनाउनु भएकाे छ। अर्यालेले रामपुरकाे पर्टकीय क्षेत्र तालपाेखरा लगायका ठाउँकाे अवलाेकन गर्नुभएकाे थियाे ।
सभा रामपुर–५, बेझाँड बजारमा हुनेछ । खुल्ला सभाको तयारी संगै प्रचार प्रसारको कार्य भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरले जनाएको छ ।
यस अघि कार्तिक १८ गते शनिबार रामपुरमा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभा स्थागित भएकाे थियाे । कार्तिक १७ गते शुक्रबार राती जाजरकाेट केन्द्रबिन्दु बनाइ गएकाे भुकम्पका कारण सभा स्थागित भएकाे थियाे ।