प्रदेश बचत तथा ऋण सहकारी संघ तेस्रो वार्षिक साधारण सभा सम्पन्न

  २०८०-०९-२१

प्रदेश बचत तथा ऋण सहकारी संघ लिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


“सहकारीको दीगो पन स्वनियम र सुशासन” भन्ने नारा सहित सिद्धार्ध कटेज बुटवलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संघ केन्द्रिय अध्यक्ष चन्द्र ढकाल रहनु भएको हो । केन्द्रिय अध्यक्ष ढकालले बोल्दै नेफ्कुन अब नयाँ ढंगले जाने बताउनु भएको छ । उहाँले सहकारी भित्र समस्या छ तर समाधान बाहिर छैन भन्दै अब नयाँ र सकारात्मक सोचबाट हेरौ समस्या कहाँ नेर रैछ त्यहाँ व्यवस्थापन गर्दै जाने कुरा राख्नु भएको छ। उहाँले राज्य ले सहकारीलाइ हेर्ने दृष्टि परीवर्तन हुन जरुरी रहेको परीपेक्षेमा आफ्नो नयाँ नेतृत्वको टिम सरकारको बिबिन्न निकाय सङ्ग छलफल गरीरहेको र गर्ने बताउदै अब नयाँ पन सहकारीहरुले पाउने बताउनु भएको छ ।


नेफ्कुन केन्द्रिय सदस्य ज्ञानु पौडेल , जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकाल , रामपुर बचत तथा ऋण सहकारी संघ कोषाध्यक्ष बन्दना पोखरेल , नमुना महिला बिकास बचत तथा ऋण सहकारी सस्थाका तारा काफ्ले , सहकारी अभियानता महेश्वर प्रसाद श्रेष्ठ लगायतले साधारणसभा सफलताको शुभकामना दिनु भएको छ ।
कार्यक्रममा महासचिवको प्रतिबेदन ऋषिराम सापकोटाले प्रस्तुत गर्नु भएको हो । बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष कृष्ण प्रसाद नेपालले प्रस्तुत गर्नु भएको थियो ।


प्रोस्कुनका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षतामा ,बरिस्ठ उपाध्यक्ष प्रकाश ज्ञावलीको स्वागत र महासचिव ऋषि राम सापकोटाको संचालन भएको थियो । प्रोत्कुनमा लुम्बिनी प्रदेशका १० जिल्लाका ७५ सहकारी आबद्ध रहेकाछन ।