रामपुर नगरपालिका १४ औं नगरसभा सम्पन्न

बोली खबर   २७ पुष २०८०, शुक्रबार ०५:३१

सुखी, समृद्ध,सुसस्कृत,शहर सम्मुन्न्त रामपुर हाम्रो रहर” भन्ने मुल नाराका साथ रामपुर नगरपालिका रामपुर पाल्पाको १४ औं नगरसभा सम्पन्न भएको छ ।
नगरसभा नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको नगर सभामा स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन सर्वसम्मत रुपमा पारित गर्दै नगर सभा सकिएको छ ।

यस्तै सभाले विभिन्न योजनाको बजेट रकमान्तर र शिर्षकान्तर , ऐन तथा कार्यविधि पारित एवं विभिन्न समिति पुनगठन समेत गरेको छ ।सभाले वडा तथा नगर स्तरीय ६३ वटा योजनाको रकमान्तर तथा शिर्षकान्तर गरेको छ । सभाले रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गर्नु भएको बजेट रकमान्तर र शिर्षकान्तर सर्वसम्मत रुपमा पारित गरेको हो ।

यस्तै न्यायीक समितिको कार्यविधि सम्बन्धि ऐन २०७५ संशोधन सहित पारित सभाका सदस्य तथा विधायन समिति सदस्य दिनेश आचार्यले प्रस्तुत गर्नु भएको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन र न्यायीक समितिको कार्यविधि संशोधन सहित सर्वसम्मत रुपमा पारित भएको छ । यस्तै लेखा समिति संयोजक दामोदर पाठकले प्रस्तुत गर्नु भएकाे वेरुजु संपरिक्षण प्रतिवेदन पारित गरेको भएको छ ।

अधिवेशनले विभिन्न समिति सर्वसम्मत रुपमा चयन गरेको छ । सभाले तेज बहादुर रानाको संयोजकत्वमा ५ सदस्यिय लेखा समिति गठन गरेको छ । जसको सदस्यमा मदन खाँण ठकुरी ,हरिनाथ ढुंगाना , कमला देवि रुचाल र नरेन्द्र कुमार जर्घालाई सर्वसम्मत रुपमा चयन गरेको छ । यस्तै मिन बहादुर सिंजालीको संयोजकत्वमा विधायन समिति गठन गरेको छ । सदस्यमा विष्णुमाया गैह्रे , मोहमद अजिम शेख , सुमित्रा वर्मेली सार्की , र नारायण चन्द ठकुरीलाई चयन गरेको छ । यसैगरी मोहन सिं रानाको संयोजकत्वमा अनुगमन तथा सुशासन समिति गठन गरेको छ । जसको सदस्यमा युवराज शाही , थममाया नेपाली दर्जी , मिठ्ठुमाया सुनार र गोप बहादुर रानालाई सर्वसम्मत चयन गरेको छ ।
सभामा आचारसंहिताको विषयमा नगरसभा सचिब सुर्यदर्शन पन्डितले जानकारी दिनुभएको थियो भने सभामा नगर सभा सदस्य एवं वडा नम्बर १० का वडा अध्यक्ष तोयानाथ सारु र वडा नम्बर ७ का वडा सदस्य दुर्गादेबि भणडारी गौतमले नगरसभा सफलताको शुभकामना दिनुभएको थियो । सभा होटल नमस्तेको सभा हलमा सम्पन्न भएको छ ।