पाल्पा । रामपुर नगर गौशाला रामपुर पाल्पाको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिबेशन शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रममा नगर प्रमुख रमण बहादुर थापाले नब गठित समितिलाइ शुभकामना दिदै गाईको पालन पोषण स्वास्थ उपचारमा ध्यान दिनु पर्ने कुरामा जोड दिदै नगरपालिकाले सधै सहयोग गर्दै आइरहेको र गर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
नगर गौशाला समितिको अध्यक्ष हुमनाथ न्यौपानेले हाल सम्मको गतिविधि र आम्दानी खर्चको बारेमा जानकारी गराउनु भएको छ । उहाँले गोबर र दानबाट आएको पैसा हाल ११ लाख पुगेको जानकारी गराउदै सबैले आफ्नो धर्म सम्झेर जन्मदिन मर्दा पर्दा सुख दुख र घरमा गरीने पुजाआजाका बेला गौशालालाइ र गाइलाइ सम्झेर दान गर्नु हुने सबैलाइ धन्यवाद समेत दिनु भएको छ ।
शुभकामना दिनेहरुमा वडा अध्यक्ष दिवाकर देबकोटा, वडा न ७ का वडा अध्यक्ष दोबराज तिवारी, नेपाली काङ्ग्रेसनगर सचिब ओम प्रकाश बस्याल , नेकपा माओवादी केन्द्र नगरअध्यक्ष यम बहादुर सुनार , राष्ट्रिय जनमोर्चा नगर अध्यक्ष राम प्रसाद गैरे ,नेकपा समाजवादीका नगर अध्यक्ष फणेश्वर गौतम ,सल्लाहकार सागर प्रसाद देबकोटा लगायतलेआफ्नो भनाइ राख्नु भएको थियो ।
अधिबेशन बाट नयाँ समिति चयन भएको छ ।नब गठित समिति अध्यक्ष हुमनाथ न्यौपाने , उपाध्यक्ष ठानेश्वर अधिकारी, सचिब बासुदेब ढकाल , सह सचिब लक्ष्मी ढकाल , कोषाध्यक्ष चण्डी प्रसाद खनाल र सदस्यहरुमा , भोजराज भण्डारी ,चन्द्रकान्त कंडेल , जगन्नाथ कंडेल , नारायण पराजुली , बिष्णुमाया खनाल रहनु भएको छ ।
त्यस्तै गरी लेखा समिति संयोजक तुलसिराम भण्डारीको संयोजकत्वमा जनक भण्डारी र रेखा पौडेल सदस्य रहने गरी चयन गरीएको छ ।
अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा, उपाध्यक्ष पिताम्बर भण्डारीको स्वागत, उपाध्यक्ष ठानेश्वर अधिकारीको धन्यवाद सचिब बासुदेब ढकालको सन्चालनमा सम्पन्न भएको छ ।