पाल्पा । रामपुर पाल्पा रामपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेललाइ जनताको सेवासगै तरकारी खेती गर्ने भ्याइ नभ्याइ छ । उहाँको घरमा पुग्दा भैसिलाई मकैको खोस्टा दिनै हुनुहुन्थयो । रामपुर नगरको केन्दमा रहेको वडा निकै व्यस्त वडाका वडा अध्यक्ष पोखरेल फुर्सदका वेला खेतवारी र गोठमा भेटिनुहन्छ ।
रामपुर नगरपालिका वडा नम्वर ५ मटेरीमा बस्दै आउनु भएका पोखरेल केहि समय अगाडि भने व्यापारी हुनु हुन्थ्यो । व्यापारसंग सगै राजनितिमा होमिनु भएका पोखरेल २०७९ को स्थानिय निर्बाचनमा रामपुर नगरपालिकाको वडा नम्वर ५ को वडा अध्यक्षमा निर्बाचित हुनु भएको थियो ।
तरकारी खेतीसगै जनताको कामको पनि जिम्मेबारी छ कसरी गर्नु भएको छ भन्ने प्रश्न गर्दा पोखरेल भन्नु हुन्छ “अफिसको समय त अफिसमै हुन्छु तर विहान ४ वजे उठेर २ वटा लैनो भैसि छ त्यसलाई श्रीमति र म मिलेर काम गर्छौ गोठको काम सक्छौ दिनको करिव १२ लिटर दुध डेरीमा लैजान्छौ यो हाम्रो दैनिकी हो ।” उहाँ थप्नु हुन्छ त्यसपछि चिया खाजा आएर कतै जनताको काममा जान परे जान्छु नत्र भैसिलाई घास काट्छु श्रीमतिले खाना तयार गछिन् अनि सजिलोसंग काम हुन्छ । उहाँको परिवारमा ४ जना हुनुहुन्छ । छोरा नेपाल सरकारको अधिकृत तहको जागिरमा छन् छोरी जागिरमा शुरु छिन्, पोखरेल अध्यक्ष दम्पति सामाजिक काम सगँै कृषि पेशामा रमाउनुहुन्छ ।
उहाँको वारीमा हरियाली छ । काउली वन्दा वेचिरहनु भएको छ । रामपुरको बजार र बेच्ने बजारको कुरा गर्दा ठिकै छ अहिले सम्म भाउ पाईएको छ श्रीमति भगवति पोखरेलले भन्नु भयो । ”उहाँ थप्नु हुन्छ काम नगरी वस्नै सक्दिन काम गर्न अति रमाइलो लाग्छ म त काम नगरी बसे भनि विरामी हुन्छु काम गर्ने मजा लाग्छ ।” उँहाको घरमा अहिले लहरेबालिका लागि विरुवा राख्न हतार छ नगरपालिकाले अनुदानमा विउविजन बाँडेको छ अहिले करिव २ रोपनीमा रोप्न पुग्ने विरुवा जमाएको छु कस्तो हुन्छ भन्नु हुन्छ । घिरौला करेला लोका जस्ता लहरे वालीका विरुवा बनाई सक्नु भएको रहेछ । करीव २ रोपनी जग्गामा काउली बन्दा साग धनिया रायोको साग लगायतका तरकारीहरु भारिभराउ छ ।
भगवती पोखरेलले एकदिनमा सय देखि ढेड सय किलो सम्म विक्रि गर्छु । तर बोकेर लैजान पर्देन घरमै व्यापारी लिन आउछन् । यस वर्ष काउली वन्दा करिव ५० हजार वढिको वेचेको बताउदै घरमा आवश्यक पर्ने वस्तु यहाँ उत्पादन नहुने मात्र किन्ने जानकारी सकेत गराउनु भएको छ । उहाँले यस वर्ष करीव ६ रोपनिमा तोरी लगाउनु भएको छ । तेल कहिले किन्न नर्र्पने भन्दै खेतबारी बाँझो नराखे आर्थिक उर्पाजन गर्न सामान्य घर चलाउन गाह्रो हुदैन पोखरेल बताउनु हुन्छ ।
मासिक दुध र तरकारी बाट करिव ७० देखि ८० हजार सम्म हुन्छ पोखरेलले भन्नु भयो । भैसिको लागि घाँस पनि लगाउनु भएको छ । २ रोपनिमा आलु छ गहु पनि छ सबै कुरा घरमा उत्पादन गर्नै सके पैसा पनि वच्ने स्वस्थ्य खाना पनि हुने त्यसैले कृषि गरे के हुदैन भन्ने उदारण बन्नु भएको छ पोखरेल दम्पति । पृथ्विजयन्तीको विदाको दिन हामी उहाँको घरमा पुग्दा विरुवा जमाउन माटो बनाउदै गर्र्नु भएका दम्पती कार्यक्रम सकेर आएको वताउदै हुनुहुन्थयो , विरुवा जमाउन थुगामा माटो भर्दै काम गर्न सके सबै यहि छ समयको सदुपयोग गर्ने सके नहुनी केहि छैन समय खेरा फाल्न हुदैन भन्दै उज्यालो भए पछि जनताको सेवामा जानै पर्छ थोरै बचेको समयलाइ मिलाउन सके नहुने केहि छैन उहाँले भन्नु भयो ।
वडाका विभिन्न योजना देखि नगरपालिकाको विभिन्न कार्यक्रममा पनि पुग्नु हुन्छ घरमा नुन चिनि चिया पत्ती मसला साबुन यस्ता सामान बाहेक अरु सबै घरमै उत्पादन गछौ यसैमा खुसी छु भन्नु हुन्छ अध्यक्ष पोखरेल । तरकारी विक्रिबाट नै घरमा कुटानी पिसानी मिसिन तथा घाँस काट्ने मिसिन समेत खरिद गरेको र अर्काले देला र खाम्ला होइन आफैको मेहनतले उव्जेका तरकारी लटरम्म देख्दा जो कोहिको मन लोभ्याउछ पोखरेलकी श्रीमती भगवती पोखरेलले बताउनु भयो । उहाँहरु मिलेर काम गर्नु हुन्छ र त घर सुन्दर वनेको छ समाजमा प्रतिष्ठा बढेको छ । समाज रुपान्तरणमा लाग्ने सवै जना घरलाई पनि सगँै लिएर हिडन सके सुनमा सुगन्घ र सव्य समाज निर्माण हुन सक्छ ।