पाल्पा । रामपुर नगरपालिकाका युवाहरू सामूहिक उखुखेतीमा लागेका छन् । आर्थिक उपार्जन संगै स्थानीय उत्पादनलाई बढावा दिन उनीहरूले सामूहिक उखुखेतीमा लागेका हुन् ।
करीब १६ रोपनि जमिन भाडामा लिएर उखुखेती सुरू गरेका उनीहरुले उखुकाे खुदो बनाउने चटारो रहेको छ ।
सामूहिक उखुखेतीमा संलग्न स्थानीय सन्तोस पौडेलले- ‘उखुखेती कम मेहनत र कम लागतमा बढी आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन पनि आफूहरूले उखुखेती सुरू गरेको बताउनुहुन्छ । सामूहिक उखुखेतीमा लागेका पौडेलले ‘आफूहरूले उत्पादन गरेको उखुलाई खुदो बनाएर बेच्न भ्याइ नभ्याइ छ । खुदो, गुड, साथै गार्मी मौसममा जुस बनाएर बेच्न सकिने भएकाले पनि नगदेबाली लगाउनु पर्ने बताउनुहुन्छ ।
केहि समय सिंगापुर बसेर आउनु भएका पौडेल आफ्नै बारीमा खनजोत .गर्न सके आर्थीक संगै आफ्नै देशमा रमाउन सकिने बताउनु हुन्छ । बहुउपयोगमा प्रयोग हुने भएकाले किसानले उत्पादन गरेको उखु बिक्री हुँदैन कि भनेर चिन्ता लिनुपर्ने अवस्था पनि छैन ।’
सामूहिक उखुखेतीमा संलग्न अर्का स्थानीय युवा विष्णु गौतमले ‘आफूहरूको समूहले उखुखेती विस्तार गर्दै लैजाने योजना छ । उखुखेती विस्तार गर्दै लैजाने र स्थानीय स्तरमा उत्पादित उखु बिक्री गर्न अन्यत्र लैजान नपर्ने गरी खुदो गुड बनाउने उद्योग नै खोल्ने योजनामा हामी छौं । अन्य किसानले उत्पादन गरेको उखु पनि खरिद गर्ने र आफूहरूले उत्पादन गरेको उखु पनि सोही तरीकाले खपत गर्ने गरी तयारी भइरहेको छ ।’
विदेश पलायन हुने युवालाई स्वदेशकै माटोमा केही उत्पादन गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय बन्न आफूहरू फरक पेशामा रहेपनि सामूहिक खेतीमा लगानी गरेको गौतमको भनाईछ । सामूहिक उखुखेतीमा लागेका सवै युवाहरु हाल फरक पेशामा पनि संलग्न हुनुहुन्छ । सबै जसो युवाहरु कुनै न कुनै वेला कुनै न कुनै विदेश गएर आउनु भएका युवाहरु नै हुनुहुन्छ ।
युवा जनशक्तिलाई पलायन हुन नदिनका लागि स्थानीय सरकारले पनि नगदेबाली लगाउन युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनु हुन्छ। सामूहिक उखुखेतीमा कैलाश प्रसाद लम्साल , गुढाकर कडेल, पिताम्वर गौतम र सुरज गौतम लगायतका युवाहरू संलग्न हुनुहुन्छ ।
रामपुर आसपासका जमिन खेती योग्य छन् । यस क्षेत्रमा धान गहुँ मकै तोरीखेती हुनेगर्छ भने हिउँदे मकै, तरकारी, उखु, केराखेती, खेती पनि हुँदै आएको गाउँपालिकाको कृषि तथ्यांकमा रहेको छ । कृषी र कृषकलाई प्रोत्साहन गर्दै बजारीकरणमा स्थानिय सरकारले ध्यान दिन सके स्थानीय युवा ब्यवसायीहरूलाई राहत पुग्ने बताउछन् ।