रामपुर फनपार्कमा विविध सांस्कृतिक कार्यक्रम हुने

बाेलीखबर   २०८०-१०-०४

पाल्पा । रामपुर नगरपालिका–५ मटेरीमा ‘रामपुर फनपार्क विविध सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । आज पत्रकार सम्मेलन गरी आईकोनिक ग्रुप प्रालि द्धारा सञ्चालित रामपुर फनपार्कमा यहि माघ ५ र ६ गते कार्यक्रम हुन लागेको हो ।

पत्रकार सम्मेलनमा आईकोनिक ग्रुप प्रालिका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मनोरञ्जन संगै आन्तरिक पर्यटन प्रबर्द्धनका लागि कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजन कार्की, कृष्ण सुवेदी, ज्योति लोहनी, पुजा योन्जन मगर सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताउनु भयाे । साथै कार्यक्रममा कलाकारहरुको एकल प्रस्तुति तथा प्रत्यक्ष दोहोरी समेत हुने पत्रकार सम्मेलन मार्फत जनाएकाे छ ।

८ रोपनी जग्गामा निर्माण भएको फनपार्कमा बालउद्यान सञ्चालन हुँदै आएको छ । जहाँ दैनिकजसो आन्तरिक पर्यटक र संघ सस्थाका व्यक्तिहरुको आगमन हुँदै आएको संचालक  प्रेमप्रकाश ढकालले बताउनुभयो। पार्कमा पिङ्ग, झुला, रेल लगाएतका बालउद्यान सहित दुवो सहितको खुल्ला पार्क, रेष्टुरेण्ट, पसल तथा फोटो खिच्ने स्थान निर्माण गरिएको छ ।