रम्भा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

बाेलीखबर   २०८०-१०-०८

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ ।

मृत्युहुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिनुभयो ।

मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षण लागि रामपुर अस्पताल लगिएको छ ।
प्रहरीले घटनाको सम्बनधमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।