सर्वप्रथम त म यो स्पष्ट गर्न चाहन्छु कि यो मेरो नितान्त व्यक्तिगत विचार हो र यहाँहरूको फरक मतको सम्मान गर्छु। म हिन्दू सनातन धर्म मान्छु र अन्य सबै धर्मप्रति सम्मान प्रकट गर्न चाहन्छु। कुनै पनि धर्मप्रति मेरो द्वेष, घृणा छैन।
डिसेम्वर २२ ,२०२४ सनातन हिन्दु धर्मावलम्वीको लागी अत्यन्तै ऐतिहासिकि दिन रहेको छ । यहि बीचमा मलाई कतै फरक अनुभुति भयो यसैका विषयमा लेख्न मन लाग्यो ।
अयोध्याको राम मन्दिरमा भगवान रामको बालक मुर्तिको प्राण प्रतिष्ठा गरियो । हामी सबै खुशि भइयो तर सिता माता संगै नदेख्दा मन नरमाइलो भएको महसुस भएको छ । हिन्दु धर्ममा भगवान श्री कृष्णको बाल अवतारको व्यापक व्याख्या गरिएको पाईन्छ । उहाँ जन्मनु अघिनै उहाँका लिलाको बर्णन गरिएको छ । बाल कृष्णको महिमा उत्सव, मुर्ति पूजा र आराधना भएको पाईन्छ । तर त्यहि राम सिता विना अपुरो देखाइन्छ र हुनुहुन्छ ।
सिता नभएको भए बिवाहमा धनुष काण्ड साथै रावणको बद सम्म पुग्दा माता सिता विना रामको कौशल प्रदर्शन हुने अवसर नै थिएन । यहि विचमा अहिले सिता बिनाको रामको मुर्ति प्रतिस्थापन गरेर सिताको अपमान त्यसमा पनि नेपाल र नेपाली अनि ईतिहास संस्कृति माथिको प्रहारको महसुस भएको छ । जहाँ र जहिले पनि वयस्क युवा रामको वर्णन पुजा आज गरेको पाइन्छ । तर हिजो अयोध्यामा पहिलो पटक यो ठुलो रुपमा ’राम लल्ला’ अर्थात् ’बालक राम’ लाई स्थापना गरियो।
यो किन गरीयो यस तर्फ कसैको (राज्य)को ध्यान गएको छैन तर विस्तारै भोलि जनकपुर उतै निमार्ण गरेर गए भने सिता भारतकै हाे भने ? कृष्णले बालक र किशोर अबस्थामा नै विभिन्न लीला प्रदर्शन गर्दै र दुष्ट आशुरी शक्ति को बिनाश गरेकोले बाल–कृष्णलाई बडा मोह र प्यारले हिन्दुहरुले पुज्छन बाल अवतारको पुजा गरिन्छ तर राम अवतारमा बालक रामको लीला त्यति धेरै उल्लेख छैन। रामको मुख्य कथा रामको बिबाह र बनबास बाट सुरु हुन्छ भने कृष्ण को चमत्कारिक आगमनको कथा उनि जन्मनु भन्दा अगाडिबाट सुरु हुन्छ ।
हिन्दु धर्ममा, विशेष गरी वैष्णव परम्परामा भगवान कृष्णलाई बाल देवताको रूपमा व्यापक रूपमा पूजा गरिन्छ। उनको बाल्यकालको लीलाहरू, वा चंचल ईश्वरीय कार्यहरू, ठूलो भक्तिका साथ मनाइन्छ। यद्यपि, भगवान रामलाई सामान्यतया बाल देवताको रूपमा पूजा गरिँदैन, तर उनको प्रारम्भिक जीवन र बाल्यकालका केही पक्षहरू छन् जुन हिन्दूहरूको लागि महत्त्वपूर्ण छ।
हिन्दु धर्ममा रामलाई शिशु देवताको रूपमा पूजा गरिएको छैन। पांच बर्षका शिशु देवता को रुपमा अयोध्यामा राम को प्रमुख मुर्ति स्थापना गरिएको छ । र मुख्य पुजा गरिने ठाउँमा मुख्य गर्भ गृहमा जानकी सीताको मुर्ति समेटिन सकेन किन ? यसको विषयमा जानकारहरुका कुरा इतिहासकारका विष्लेषणत आउला नै तर म आपm्नो मनका कुरा राख्दै छु । हाम्री माता सितालाइ स्थान दिइएन यसको पछाडि जे पनि हुन सक्छ यसका विषयमा बोल्ने को ? ।
भारतले त सितालाइ चिन्दै चिनेन हामी पनि राम मात्र भन्यौ सिता खोइ जसको कारण नेपाल भारत सम्बन्धको रोटि र बेटिको सम्बन्ध को कुरा गरिन्छ । जसका कारण हजारौं केजि मिस्ठान्ड अन्न जनकपुरबाट अयोध्या गएको छ । संस्कृति र इतिहासमा माथि भारत प्रहार जस्तो लाग्छ मेरो विचारमा ।
मलाई याद छ यि सबै कुरासंग हिजो नेकपा एमालेका अध्यक्ष पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपाल कै हो भन्नु भयो निकै विबाद भयो तर विचार गरेर हेर्दा वस्तु स्थिती बुझ्दा, रामको प्राण प्रतिष्ठा भएको हालको अयोध्या (वाबरि मस्जीत) भएको ठाउँको इतिहास हेर्दा हुन पनी सक्छ ।
सरकार परिवर्तन भयो त्यसमा टिकिरहन नेपाल सरकार सकेन र जनताले त्यसलाइ राजनीतिक आँखाले हेरे ईतिहासकार वोलेनन् तर आज भारतले नवोली अनि कुटनितिक रुपमा हिजोको बाबरी मस्जिद भएको ठाँउमा राम मन्दिर बनायो माता जानकी सितालाइ मुख्य पटमा राख्न सकेन तर हामी खुशि भयौ रमायौ । त्यस ठाउँमा तत्कालिन प्रधानमन्त्री बोल्ने भन्दा पनि कुटनैतिक रुपमा भव्य राम मन्दिर वनाउन तिर लागेको भए विस्तारै पुरानो अयोध्या यता भनेर प्रचार गर्दै साथमा राज्यले सहयोग गरेको भए रामको प्राण प्रतिष्ठा नेपालमै हुन पनि सक्थयो कि ?
इतिहास एकै पटक बन्दैन संस्कृति एकै पटकमा बस्दैन निरन्तरको प्रयास पछि निरन्रतको लगाब पछि विस्तारै बन्दै जाने हो ।
भोली नबाेली जनकपुर जानकी मन्दिर नबनाउला भन्न सकिदैन किनकी बेला बेलामा लुम्बिनी भारतले बनाउदैछ निर्माण हुदैछ भन्ने आइरहन्छ एक्कासि सिताको प्राण प्रतिष्ठा विबाह उतै भयो भने ?
धर्मको राजनीति किन गरिन्छ ? सिम्पल ! सजिलो उपाय यो सजिलो छ । यो राजनीति गर्न काम गर्नुपर्दैन। धर्म रक्षाका उत्तेजक अभिव्यक्ति दिए पुग्छ। अर्को, धर्मले कसरी देश बर्बाद पारिरहेको छ भनेर बताए पुग्छ। जुलूस आमसभा गर्दा पार्टीको झन्डा चाहिंदैन, राष्ट्रिय झन्डा बोके पुग्छ।
सन् १९८० अगाडि एउटा धार्मिक संस्था रहेको भारतीय जनता पार्टी बाबरी मस्जिद भएको अयोध्यालाई लक्षित गरेर ‘मन्दिर वही बनाएंगे’ चुनावी नारा बोकेरै आज भारतको सबैभन्दा ठूलो राजनीतिक शक्ति भएको छ। हिन्दू संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को सदस्यबाट राजनीति थालेका नरेन्द्र मोदी मुख्यमन्त्री हुँदै दुईपटक प्रधानमन्त्री बने। धर्मको खास अर्थ हो– कर्तव्य, सत्कर्म, लोकको रक्षा। महाभारतमा श्रीकृष्णले अर्जुनलाई दिएको गीता उपदेशमा बारम्बार ‘धर्मको रक्षाको लागि’ भन्ने उद्गार प्रयोग भएको पाइन्छ। यसको अर्थ हिन्दू संस्कृतिको रक्षा गर भनेको होइन, पाण्डव कौरव सबै भगवानमा आस्था राख्दथे र यसर्थमा त कौरव झनै धार्मिक थिए। श्रीकृष्णको आशय थियो– ‘कर्तव्यको लागि लड, सत्यको लागि लड र अधिकारको लागि लड।इ’ त्यसैले सवै कुरालाइ राजनितिक र धार्मीक आखाले मात्र हो्ईन राज्य र राष्टियताको हिसावले हेरौ ।