भान्सा नै औषधालय तथा महिला स्वास्थ जागरण तालीम वडा न ६ मा सुरु भएको छ । रामपुर नगरपालिका वडा न ६ को आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा तालीम भएको छ ।आइतबार र सोमबार दुइदिन हुने तालीम दरै ठाँँटि माबिको सभा हलमा भएको हो ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा कार्यक्रमको प्रमुख अतिथि रहनु भएको हो ।प्रमुख अतिथि थापाले बोल्दै भान्सा नै स्वस्थ जिबनको आधार हो भन्दै खाने कुरा खादा, पकाउदा, विविध बिषयमा ध्यानु पर्ने हुन्छ ध्यान दिन सकेनौ भने भान्सा रोगको घर पनि भन्नु भएको छ ।
नगर उपप्रमुख बालकुमारी थापाले बोल्दै भान्सामा धेरै समय महिला हुने भएकाले महिला दिदि बैनिलाइ नै उपस्तिथि गराएर कार्यक्रम गरीएको जानकारी गराउनु भएको छ ।
नगर सल्लाहकार बिष्णु माया ढकाल, नेपाली काङ्ग्रेस नगर सभापति नेत्र भट्टराई लगायतले आफ्ना भनाइ राख्नु भएको छ
सामुदायिक प्राकृतिक चिकित्सासालय रजहरका डा बिनोद पौडेल प्रशिक्षकको रहनु भएको छ।
स्वागत वडा सदस्य शारदा आचार्यको स्वागत वडा अध्यक्ष दिवाकर देबकोटाको अध्यक्षता र वडा सचिब चिन्तामणी भण्डारीले गर्नु भएको हो ।