प्रत्येक जित र हार प्राप्त गने शक्ति आफै भित्र हुन्छ । जसले जित्ने इच्छा शक्ति राख्छ उ सफल भएरै छाड्छ । हो यहि भनाई बाट प्रेरित भई वडा अध्यक्षको जिम्मेवारी संगै कृषि तथा पशुपालन पेशालाई अघि बढाएका मध्ये एक हुन् तोयानाथ सारु । सारू रामपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष हुनुहुन्छ । सन्ध्या कृषी तथा पशुपालन फार्म मार्फत सारूले जनताको मतलाई कदर गर्दै पशुपालनलार्इ पनि संगै लैजानु भएको छ ।
सिंहदरवारले दिएको अधिकार पाएका स्थानिय तहका अध्यक्षको दैनिकी कस्तो होला सवैको चसो हुने गर्दछ । धेरै जसो वडा अध्यक्षको उत्तर हुन्छ विहानै देखि साझ सम्म भेटघाट, गोष्ठी, सेमिनार, योजना निर्माण र अनुगमन आदि मा दौडधुप सम्भबत धेरै जसो स्थानिय तहका प्रमुख र वडा अध्यक्षको दिनचर्या नै यहि हुन्छ । तर रामपुर नगरपालिका वडा न १० का वडाअध्यक्ष तोयानाथ सारुको दैनिकी भने अलि फरक छ । सारू विहान करिव ५ बजे उठ्नुहुन्छ । उहाँको घरमा अहिले करिव ३ सय लोकल कुखुरा, भैसि, बाख्रा रहेका छन् ।
कामलाई पुजा ठान्ने सारु अहिले व्यावसायीक रुपमा लोकल कुखुरा फर्म खाेली ब्यवासयमा अत्मानिर्भर बन्न खाेज्नु भएकाे छ । कालिगण्डकी करीडोरको रामपुर पिपलडाँडा सडक खण्डमा रामपुर -१० होस्दी करिडोरमै जोडिएको जग्गा करिव १ रोपनी ९ आना भाडामा लिएर लोकल कुखुरा पालन सुरु गरेको बताउनु हुन्छ । उहाँका कुखुरा बुटवल नारायणघाट सुनौली लगाएत करिडोरमा हिड्ने गाडिहरुले वढि लैजाने गरेको बताउनु हुन्छ । उहाँको अवको उदेश्य भनेको यसलाइ बढाउदै लैजाने योजना रहेको छ ।
आज हामीले नगर्ने हो भने पछिको पिडिले सहि दिशा पाउन सक्दैनन । वडा अध्यक्ष सारुले, राजनिति मात्रै नभएर उत्पादनसंग जोडिनु पर्छ । आफुले राष्टलाई केहि दिन पर्छ भनेर व्यवसायी सुरु गरेको बताएउनु हुन्छ ।
माडि टर्की हेजरी र्फम काठमाडौबाट कुखुराको चल्ला ल्याएर उत्पादन गरेको उत्पादित वस्तु एकद्धार प्रणालीवाट स्थानिय सरकारले व्यवस्थापन गरेर विक्रि गर्न पाए विचौलीले सृजना गरेको कृषि निरुत्साहलाई र्निमुल गर्न अव राज्यले निति बनाएर जान सके युवाहरु कृषीमा जोडिन सक्छन भन्ने सारुको तर्क रहेको छ ।
सरकारले ५ वर्षमा कृषी र पशुपालनमा आत्मनिर्भर भइ १० वर्षमा कृषी उत्पादित वस्तु निर्यात गने रणनितिक योजना र्सावजनिक गरिरहदा राजनिति भन्दा माथि उठेर वडा अध्यक्षले गरेको यस्तो कामले पक्कै अरुलाई देश भित्रै काम गर्न प्रेरित गर्छ ।