रामपुर नगरपालिकामा विहिवार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा न १ र २ का जनतालाई घरदैलोमै सेवा दिने उदेश्यले घुम्ति शिविर सन्चालन गरिएको हो । घुम्ति शिविरमा घटना दर्ता , पशुसेवा , कृषी सेवा जस्ता नगरपालिका वाट प्रदान गरिने सवै सेवाहरु प्रदान गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको शिविरमा कालीगण्डकी आखाँ उपचार केन्द्रको सहयोगमा आखाँ तथा कान जाचँ होराईजन डेन्टल क्लिनिकले दन्त स्वास्थ्य परिक्षण तथा उपचार सेवा समेत प्रदान गरेको थियो ।
शिविरमा अपाग्गता परिचय पत्र व्यावसायिक नविकरण जेष्ठ नागरिक परिचय पत्र जस्ता सवै प्रकारका सेवा उपलव्ध गराइएको छ । एकिकृत घुम्ती शिवीर वाट ७सय ९१ जनाले विभिन्न विधामा सेवा लिनु भएको छ । वडा नं. १ मा सेवा लिने सेवाग्राहीहरु आंखा र कानको २४० जना दाँत को ९३ जना जनरल स्वस्थ्य १७४ जना कृर्षिमा ११० जना पशु स्वस्थ्यमा १६७ जना अपाङ्गता परिचय पत्रमा ७ जना हुनुहुन्छ ।
घुम्ति शिवीरमा नगरपालिकाका नगरप्रमुख रमण वहादुर थापाले वोल्दै स्थानिय सरकार जनताको हो र त्यसले जसरि पनि जनताको सुविधा दिनु पर्र्छ भन्ने हेतुले घुम्ति शिविर राखिएको वताउनु भएको छ । प्रमुख प्रशासकिय अधिकृत सुय र्र्दशन पण्डितको अध्यक्षतामा भएको शिविरमा वडा न १ का वडाध्यक्ष कपिल वहादुर खाणँले स्वागत र वडा न २का वडा अध्यक्ष कृष्ण बहादुर दजीर्को धन्यवाद र सन्चालन योजना प्रमुख विक्रम वस्नेतले गर्नु भएको थियो ।