पाल्पा । रामपुर साहित्य प्रतिष्ठानको नियमित रचना बाचन शनिबार रामचुलोमा सम्पन्न भएको छ । रामपुर साहित्य प्रतिष्ठानको आयोजनामा भएको रचना बाचन निर्माणाधिन राम मन्दिर रामचुलोमा भएको हो ।
रचना बाचनमा जिबनका भोगाइहरु , समसामयिक बिषयबस्तुहरु , वैदेशिक रोजगार, आमाको महिमा , सामाजिक सस्कार ,बिकृति ,राष्ट्र प्रेम जस्ता भाबहरु रचनामा व्यक्त गरीएको थियो । रचना वाचनमा शहिद बहुमुखी क्याम्पसका विद्यार्थी भाइबैनिहरु रामपुर १ देखि १० सम्मका स्रस्ठाहरुको उपस्थिति रहेको थियो ।
नियमित रचनाबाचन कार्यक्रममा प्रमुख अतिथि राम मन्दिर संचालक समितिका सचिब गुरु प्रसाद रेग्मी रहनु भएको हो। प्रमुख अतिथि रेग्मीले बोल्दै ठाउँ गाउँ चिनाउन साथै बिषम परीस्थितिमा चेतना जगाउन रचनाले सहयोग गुर्याउने कुरामा जोड दिनु भएको छ । नियमित रचना बाचन का सल्लाहकार पुर्ब अध्यक्ष बासुदेब ढकाल ,सन्चारकमीको तर्फ बन्दना पोखरेल लगाएतले आफ्ना भनाइ राख्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षतामा रचना बाचन सम्पन्न भएको छ । स्वागत जेष्ठ रचनाकार नोलराज भण्डारी, उपाध्यक्ष हुमा देबकोटाको धन्यवाद रहेको थियो भने सन्चालन सचिब दिपक अर्यालले गर्नु भएको थियो ।