पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले २६ औं केन्द्रीय स्थापना दिवसका अवसरमाविद्याथी सहयोग कार्यक्रम सम्पन्न गरेको छ । शाखाले स्थापना दिवसका अवसरमा तानसेन ११ बन्दीपोखरामा रहेको गार्गी माध्यमिक विद्यालयमा अध्ययनरत १० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गरेको जनाएको छ ।
कार्यक्रममा नेकपा एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले प्रेस चौतारी आफ्नो जन्मोत्सव विपन्न तथा जेहन्दार विद्यार्थी बिच मनाउनु राम्रो काम भएको बताउनुभयो । उहाँले सधैभरी जनताको कुरा गर्ने , प्रगतिशील विचार बोक्ने पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपाल रहेको बताउँदै यसले गर्ने सबै काम प्रशंसायोग्य रहेको समेत बताउनुभयो । पछिल्लो समय स्थानीय सरकार सामुदायिक विद्यालयको गुणस्तर सुधारमा ध्यान नदिएर विद्यालय मर्ज अभियानमा लाग्नु गलत भएको अध्यक्ष आत्रेयको भनाइ थियो । नजिकको विद्यालयमा अध्ययन गर्न पाउनुपर्ने बालबालिकाको अधिकार भएको बताउँदै त्यसको सुनिश्चिताका लागि स्थानीय सरकार गम्भीर बन्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाले संगठनको स्थापना दिवसमा दुखका साथ आफ्नो अध्ययनलाई निरन्तरता दिएका विद्याथीसंग बनाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले स्थापना दिवसका अवसरमा सबै श्रमजीवि पत्रकारहरुलाई शुभकामना दिँदै चौतारीको विपन्न विद्यार्थीका लागि चौतारी कार्यक्रमको प्रशंसा गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य मिलन विश्वकर्माले सधैभरी समस्या र सफलताका विषय उठाउने पत्रकारहरु जनहितकारी काममा पनि सक्रिय रहेको उदाहरण यो सहयोग कार्यक्रमले दिएको बताउनुभयो । उहाँले पहिलो चरणको सहयोग कार्यक्रममा सीमित विद्यार्थीहरुका लागि गरिएको बताउँदै आवश्यकता अनुसार सहयोगका कार्यक्रम निरन्तरता दिने बताउनुभयो ।
पूर्व केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रेस चौतारी २६ वर्ष प्रवेशको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले संगठन वयस्क अवस्थामा पुगेकोले यसले सम्पादन गर्ने कार्यक्रम पनि प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँले प्रगतिशील विचारका पत्रकारहरुको संगठन चौतारी भएकोले यसले गर्ने सबैखाले कार्यक्रम सिर्जनशील र रचनात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले तानसेन ११ का वडा कमिटी अध्यक्ष लक्ष्मण गोदारले दैनिक रुपमा विद्यालय आउन समस्या भएका विद्यार्थीलाई छनोट गरेर चौतारीले गरेको सहयोग राम्रो भएको बताउनुभयो । उहाँले अध्ययनका लागि स्टेशनरी सामान समेत उपलब्ध गराएकोले पढाईमा विद्यार्थीको हौसला थप्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रद्यानाध्यापक यादव घिमिरेले स्थापना दिवसका अवसरमा विद्यालयलाई छनोट गरी सहयोग कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अधिकांश कमजोर आर्थिक अवस्था भएका परिवारबाट भएकोले प्राप्त सहयोगले ठूलो सहयोग भएको बताउनुभयो ।
विद्यालयमा अध्ययनरत अभिभावक विहीन र जेहेन्दार विद्यार्थीमलाई छनोट गरी विद्यालय पोशाकको जुत्ता, मोजाका साथै कापी कलम वितरण गरिएको प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो । उहाँले सधैभरी समाचार लेखेर खवरदारी गर्ने पत्रकार समस्या समाधानमा लाग्नुपर्छ भनेर सहयोग कार्यक्रम गरिएको बताउनुभयो । उहाँले कार्यक्रमका लागि विशेष रुपमा सहयोग गर्ने तानसेन १२ निवासी विष्णुबहादुर खत्री र तानसेन ३ निवासी चुणामणी पोखरेललाई ध्यन्बाद तथा आभार समेत व्यक्त गर्नुभयो । चौतारी पाल्पाले वेलुका ५ बजे आफ्नै कार्यालयमा शुभकामना आदन प्रदान तथा दीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरेको सचिवालय सदस्य विजयकुमार बौडेलले जानकारी दिनुभयो ।