पाल्पा । रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा नं. ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा नं. ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो । वडा नं. ४ ले फुटबल प्रतियोगितामा द्धितिय , व्याडमिन्टन तर्फ प्रथम र द्धितिय स्थान , महिला भलिबल तर्फ द्धितिय स्थान हासिल गर्दै ९ अंक प्राप्त गरि रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी जिन्त सफल भएको हो । यस संगै वडा नं। ४ ले मेयर कप २०८० को रनिङ्ग शिल्ड प्राप्त गरेको छ ।
रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा गत शुक्रबार देखि भएको मेयर कप सोमबार सम्पन्न भएको हो । मयेर कप अन्तर्गत फुटबल, पुरुष तथा महिला भलिबल , क्रिकेट, व्याडमिन्टन र मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको थियाृे । फुटबल प्रतियोगिताको उपाधि वडा नं. ७ ले जितेको छ । रामपुर ७ किसानबारी खेल मैदानमा भएको फाईनल खेलमा वडा नं। ४ लाई २–० गोलले पराजित गर्दै वडा नं। ७ ले उपाधि हात पारेको हो । वडा नं। ७ ले पहिलो र दोस्रो हाफमा १÷१ गोल गर्दै वडा नं। ७ ले उपाधी जित्न सफल भएको हो । यस संगै वडा नं। ४ ले उपविजेतामा चित्त बुझाएको छ । तृतिय स्थानका लागि भएको खेलमा वडा नं ९ ले वडा नं। १० लाई २÷१ गोलले वडा नं। १० लाई पाराजित गरेको थियो । फुटबल प्रतियोगितामा प्रथम हुने वडा नं। ७ ले फुटबलको रनिङ्ग शिल्ड कप , कप मेडल र प्रमाण पत्र सहित नगद ५५ हजार रुपैयाँ प्राप्त गरेको छ भने , द्धितिय र तृतिय हुने समुहले नगद ३५ हजार २१ हजार कप ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यस्तै पुरुष भलिबल प्रतियोगिताको उपाधी वडा नं। १० ले जित्न सफल भएको छ । दुर्गा मन्दिर टोल विजयपुरमा सम्पन्न भएको फाईनल खेलमा ३–२ सेटले वडा नं। १ लाई पराजित गर्दै वडा नं। १० प्रथम भएको छ । फाईनलमा पराजित भए संगै वडा नं। १ द्धितिय स्थानमा सिमित भएको छ । वडा नं। १ ले वडा नं। ३ लाई र वडा नं। १० ले वडा नं। २ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिता अन्तर्गत वडा नं। २ र वडा नं।३ विच तृतिय स्थानका लागि प्रतिस्पर्धा भएको थियो । खेलमा वडा नं। २ लाई पराजित गर्दै वडा नं। ३ तृतिय भएको छ । यस संगै प्रतियोगितामा प्रथम हुने वडा नं। १० ले भलिबल तर्फको रनिङ्ग शिल्ड , कप , मेडल र प्रमाण पत्र सहित ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने द्धितिय र तृतिय हुने समुहले क्रमश ३१ हजार र २१ हजार रुपैयाँ सहित रनिङ सिल्ड , कप , मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यस्तै महिला भलिबल तर्फ प्रथम वडा नं। ६ , द्धितिय वडा नं। ४ र तृतिय वडा नं। १ भएको छ । प्रतियोगिता अन्तर्गत प्रथम हुने वडा नं। ६ ले भलिबलको रनिङ्ग शिल्ड , कप , मेडल र प्रमाण पत्र सहित नगद ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै द्धितिय र तृतिय हुने समुहले क्रमश २५ हजार र १५ हजार रुपैँया पुरस्कार सहित कप , मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
मेयर कप २०८० अन्तर्गतको क्रिकेट प्रतियोगिताको उपाधि वडा नं।८ ले जितेको छ । वडा नं। ५ लाई पराजित गर्दै वडा नं। ८ विजेता बनेको छ भने वडा नं। ५ ले उपविजेतामा चित्त बुझाएको छ । वडा नं। ३ तृतिय भएको छ । प्रतियोगितामा प्रथम हुने वडा नं। ८ ले क्रिकेट प्रतियोगिताको रनिङ्ग शिल्ड , कप , मेडल र प्रमाण पत्र सहित नगद ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने द्धितिय र तृतिय हुने समुहले क्रमश नगद २५ हजार र १५ हजार रुपैयाँ सहित कप , मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यसैगरी व्याडमिन्टन प्रतियोगितामा प्रथम वडा नं। ४ को बसन्त श्रेष्ठ र समिर रानाको बि समुह , वडा नं। ४ कै दान बहादुर राना र सन्तोष सारुको ए समुह द्धितिय र वडा नं। ६ को टुक बहादुर राना र युवराज कुमालको समुह तृतिय भएको छ । विजयी समुहले क्रमश नगद १० हजार , ५ हजार र २ हजार रुपैयाँ सहित मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ ।
मेयर कप अन्तर्गत मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भूपू सैनिक राईजिङ ईङ्गिलस बोर्डिङ स्कुलका मनिषा श्रेष्ठ प्रथम , रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरका विविसा घिमिरे द्धितिय र आधारभूत माध्यमिक विद्यालयका अब्दुल खालिद तृतिय भएका छन् । यसैविच मेयर कप अन्तर्गत रामपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि विच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम समापनका अवसरमा भएको मैत्रीपूर्ण फुटबलमा कर्मचारीको समुह विजयी भएको छ । दुई समुह विच भएको मैत्रीपूर्ण खेलमा २–० गोल अन्तरले कर्मचारीको समुह विजयी भएको हो । यस्तै रामपुर नगरपालिकाका जनप्रतिनिधि र महिला कर्मचारी विच भएको डोरी तान्ने प्रतियोगितामा महिला कर्मचारीको समुह विजयी भएको छ ।
कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रमका अवसरमा रामपुर नगरपालिका वडा नं।६ बस्ने अण्डर नाईन्टिन राष्टिय महिला भलिबल प्रतियोगिताका खेलाडी अस्मिता घर्ती मगरलाई उपचारार्थ सहयोग गरेको छ । नगरपालिकाले खेलका क्रममा घाइते भएका अस्मिताको उपचारका लागि नगद ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
रामपुर ७ किसानबारी खेल मैदानमा भएको कार्यक्रम समापनका अवसरमा विभिन्न प्रतियोगतामा विजयी समुहलाई पुरस्कार प्रदान गरेको छ । पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलले मानिसको स्वस्थ जिवन मात्र नभई राष्ट्र र समाजको पहिचानको लागि नि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलकुदको विकासको लागि आवश्यक भौतिक संरचना निर्माण संगै खेलाडीको प्रशिक्षणमा समेत नगरले पहल गर्ने बताउनुभयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षता र नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो । समापनको अवसरमा विधागत रुपमा उत्कृष्ट खेलाडी र विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मान प्रदान गरिएको थियो । रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सचिव जमुना रानाले गर्नु भएको थियो ।


