भाेली फागुन १ गते सार्वजनिक बिदा नहुने

बाेलीखबर   २०८०-१०-२९

पाल्पा । गृहमन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको छ । सोमबार बिहान विज्ञप्ति जारी गर्दै मन्त्रालयले सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ गतेका लागि निर्धारण गरिएको बिदा कायम नरहेको जानकारी दिएको हो ।

सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०।१०।२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९।१२।२० मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी विज्ञप्तिमा भनिएको छ ।

यसअघि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, सर्वोच्चले बिदा दिने सरकारको निर्णय बदर गरिदिएको थियो ।