फागुन २ गते
रामपुर नगरपालिका वडा न ६मा खुल्ला लोक भजन कृतन प्रतियोगिता सम्पन्न भएको छ । श्रीपञ्जमीको पावन अवसर पारेर राखिएको भजनकृतन प्रतियोगीता भजनकृतन मण्डली रामपुर नगरपालिका वडा नम्बर ६ को आयोजना र रामपुर नगरपालिका वडा नम्बर ६को आर्थिक सहयोगमा भएको हो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष दिवाकर देबकोटाले लोक सँस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रम आबस्यक रहेको बताउनुभयो । उहाँले यस्तो भाग दौड अस्तव्यस्तको जन्दिगीमा मनलाई शान्त , खुशि राख्न योग जिवन जिउने कला सिक्नु र्पने र त्यसमै संकित पर्ने कुरामा जोड दिनु भएको छ ।
कार्यक्रममा वडा सदस्य शारदा आर्चाय , नेपाली काङ्ग्रेस रामपुर नगरकार्यसमिती सभापति नेत्र प्रसाद भट्टराई,नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष बिष्णु प्रसाद रेग्मी ,नेकपा माओबादी केन्द्र रामपुर नगरकमिटी अध्यक्ष यम बहादुर सुनार , राष्टिय जनमोर्चाका नगर अध्यक्ष राम प्रसाद गैरे कार्यक्रममा जेष्ठ नागरिक मंच पाल्पाका अध्यक्ष देबराज ढकाल , अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष सागरप्रसाद देबकोटा ,रामपुर नगर गौशाला संचालन समिति अध्यक्ष हुमनाथ न्यौपाने दरैठाँटी माद्यामिक बिद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देबकोटा लगायतले कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।
१३ समुहले भाग लिएको प्रतियोगीतामा दश अवतार बालन समुह क लक्ष्मण भट्राईको समुह प्रथम हुन सफल भएको छ त्यस्तै गरि दोस्रो बालन कै ख ऋषिराम ढकालको समुह र तेस्रो पनि वालनकै वाल कलाकारहहरुको अविनास अनुप काफ्लेको समुह भएको छ भने सान्तोना टापुधाम भजन कृतन समुह रामपुर १को , चापाकोट माडिको माडि सत्सगं भजनकृतन समुह र एकादशि भजन कृतन कालीआपँको समुह भएको छ ।
रामपुर नगरपालिका वडा नम्बर ६ पुर्बटारमा भएको कार्यक्रमको अध्यक्षता रामपुर भजनकृतन मण्डलिका अध्यक्ष टिकाराम ढकालले गर्नु भएको थियो । लोक भजन कृतन प्रतियोगीताको संचालन रामचन्द्र ढुंगाना र पुरुषोत्तम ढकालले गर्नुभएको थियो भने स्वागत सल्लाहकार बिष्णुमायाँ ढकालले गर्नुभएको हो ।