पाल्पा । जानकी आधारभुत बिद्यालय रामपुर नगरपालिका वडा नम्बर ८ भुजात पाल्पाले आफ्नो ५६ औं बार्सिक उत्सव कार्यक्रम मनाएको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशवराज अधिकारीको अध्यक्षतामा भएको हो ।
प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बिद्यालयलाई आर्थिक र भौतिकरुपमा सहयोग गर्न प्रदेश सरकारसंग खबरदारी गर्ने बताउँदै पक्की भवन निर्माणका लागी सक्दो पहल गर्ने बताउनुभयो । उहाँले अहिलेको जमाना अनुसारको प्राबिधिक शिक्षामा जोड दिन शिक्षक शिक्षिकाहरुलाई अनुरोध गर्दै बिद्यालयमा शिक्षक दरबन्दी परिपुर्ति गर्न सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो ।प्रदेश सभा सदस्य श्रेष्ठले समग्र यो क्षेत्रको बिकाशमा आफु अहोरात्र खटिने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश आचार्यले बिद्यालयको लागी वडा कार्यालयबाट बिगतका बर्षदेखि आर्थिक सहयोग गरिरहेको बताउँदै आगामी दिनहरुमा पनि वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा रिब्दिकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी, खालिबन स्वास्थ्य शाखा प्रमुख सुभाष अधिकारी, बिपि आदर्श प्राथमिक बिद्यालयका प्रधानाध्यापक नारद अर्याल, रामपुर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य बिष्णुदेबि गैरे, शिक्षक अभिभावक संघका अध्यक्ष पुस्पा लम्साल, पिपलपाटा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष गोबिन्द अधिकारी, शिक्षक अभिभावक संघका सदस्य देबिलाल अधिकारी, पत्रकार सीता डोटेल, बिद्यार्थी योगिता गुरुङ लगायतले बार्सिक उत्सव कार्यक्रम सफलताको शुभकामना सहित बिद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बिद्यालयको बार्सिक प्रतिबेदन प्रस्तुत गर्दै प्रधानाध्यापक बुद्धिसागर अधिकारीले ४४ लाख ६५ हजार ७ सय सत्तरी रुपैयाँ बराबरको आम्दानी खर्च प्रस्तुत गर्नुभएको थियो ।
२०२४ सालमा स्थापना भएको बिद्यालयको यही फागुन १ गतेदेखि विभिन्न खेलकुद कार्यक्रम सहित रचनात्मक कार्यक्रम गरी मनाइरहेको बार्सिक उत्सव समापन कार्यक्रममा बिद्यालयमा विभिन्न आर्थिक सहयोग गर्नुहुने दानदाताहरुलाई सम्मान तथा परिक्षामा प्रथम, दित्तिय र तृतीय हुने छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
शिक्षिका प्रभा भण्डारी भट्टराईको संचालन र स्वागत हिरालाल बिकले गर्नुभएको कार्यक्रममा बार्सिक उत्सवको अबसरमा शिक्षक शिक्षिका र विद्यार्थी भाइबहिनीहरुले नाचगान सहित रमाइलो गरेका थिए । त्यसैगरी स्कूलको बार्सिक उत्सवको अबसरमा शिक्षिका सिता रेग्मीले ५ हजार रुपैयाँको अक्षयकाेष स्थापना गर्नुभएको थियो ।