फाल्गुन २०, सन्जु परियार
कालिका माध्यमिक बिद्यालयले ३६औं बार्सिक उत्सब तथा ३७ औं अभिभावक दिवस समारोह मनाएको छ । कालीका माध्यामिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तुल बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
बिद्यालयको ३६ औं बार्सिक उत्सब तथा ३७ औं अभिभावक दिवस समारोहमा बोल्दै प्रमुख अतिथी थापाले बजार क्षेत्रबाट केही पर रहेको बिद्यालय जुन बिद्यालय लाई अहिलेको स्थिति सम्म ल्याइपुर्याउन धेरै अग्रज हरुले योगदान पुर्याउनुभएकोछ र यस बिद्यालयको भौतीक संरचना अझै राम्रो गराउन र गुणस्तरीय शिक्षा सहज रुपमा विद्यार्थीले पाउन भन्नका लागि रामपुर नगरपालिकाले सदैब सहयोग गर्नेछ । यस बिद्यालयमा पठनपाठन गर्न आउने विद्यार्थी हरु आर्थिक अवस्था कमजोर भएर शिक्षा लिनकै लागि असहज भएको छ भने उनिहरु लाई पढ्नकै लागि रामपुर नगरपालिकाले आर्थिक सहयोग गरि पढाइ पूरा गर्न सहयोग समेत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष राम बहादुर रानाले बिद्यालय प्राथमिक तहबाट माध्यामिक तहसम्म ल्याउनका लागि विभिन्न प्रक्रिया हरु अपनाएर आज हामी हाम्रो यस बिद्यालय लाई माध्यामिक बिद्यालय भनेर गर्बका साथ भन्न पाएका छौ। बिद्यालय लाई यो समयसम्म ल्याउनका लागि स्थानीय सरकारको निकै योगदान अनि सहयोग रहेकोछ यसैले रामपुर नगरपालिका लाई हार्दिक धन्यवाद संगै आगामी दिनमा पनि बिद्यालयको भौतीक , आर्थिक सहयोगको अपेक्षा गरेको छु। बिद्यालयको भौतिक संरचना मात्रै सबल भएर हुदैन यहाँको शैक्षिक गुणस्तरमा विशेष हुनु आवस्यक छ त्यसैले यसतर्फ बिद्यालयका शिक्षक , अभिभावक र ब्यबस्थापन पक्षमा ध्यान जावोस र वडाको तर्फबाट आवस्यक सहयोग साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बिगत ३० बर्ष देखि नेपालमा बसोबास गर्दै विभिन्न क्षेत्रबाट सामाजिक कार्यमा अग्रसर भइ सेवा गर्दै आउनुभएका जापानीज नागरिक काजु मासा काकिमी ( ओके बाजे ) , बिद्यालयका पुर्ब प्रधानाध्यापक सोम बहादुर सेन , श्री राम तुलसी माध्यमिक बिद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल , हातेमालो साकोसका अध्यक्ष बिस्णु बहादुर शारु ,नेपाली काङ्ग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराई ,रानिवन तथा बडभान सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष तथा बिद्यालय सल्लाहकार समिती सदस्य सीता प्रधान ,बिद्यालय सल्लाहकार समितिका सदस्य तथा बाल प्रतिभा अक्षयकोष दाता क्याप्टेन ओम नारायण श्रेष्ठ ,रामपुर आधारभुत बिद्यालयका प्र . अ बिजय शर्मा , रा न पा ४ वडा सदस्य मोहन सिं राना , बोलिखबर डटकम सम्बाददाता सन्जु परियार लगाएतले आ- आफ्ना भनाइ राख्नुभएको थियो ।
३६ औं बार्सिक उत्सब तथा ३७ औं अभिभावक दिवस समारोहमा बिद्यालयका शिक्षक , स्काउट ट्रुपका विद्यार्थी हरुको मनोरञ्जनात्मक प्रस्तुती समेत रहेको कार्यक्रममा बिद्यालयले स्कुललाई माया गरि विविध बिधामा सहयोग पुर्याउनुहुने सहयोगी मनहरु लाई दोसल्ला र सम्मान पत्र प्रदान गरि सम्मान समेत गरेको थियो।
बिद्यालयको ३६ औं बार्सिक उत्सब तथा ३७ औं अभिभावक दिवस समारोहमा बिद्यालयका प्रधानाध्यापक मनिराज अधिकारीले बिद्यालयका हालसम्मका गतिविधि लाई समेटेर आफ्ना भनाइ सहित प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
शिक्षक टीका रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको सन्चालन बिद्यालयका सह – प्रधानाध्यापक ज्ञान बहादुर दर्जी र शिक्षक एलिसा परियारले गर्नुभएको थियो।




