बैचारिक निखारताका लागी प्रशिक्षण सुरु

बोली खवर   २७ फाल्गुन २०८०, आईतवार ०५:१९


नेपाल कम्युनिस्ट पार्टी( एमाले) रामपुर नगरकमिटी पाल्पाको आयोजनामा नगरस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन शनिबार प्रशिक्षकहरु नेकपा एमाले केन्द्रिय पोलिटब्यूरो सदस्य पाल्पा इन्चार्ज बैजनाथ चौधरी र नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेल नेकपा एमाले जिल्ला कमिटी पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे रहनु भएको थियो । प्रशिक्षण पार्टीको निति, बिचार,सिद्धान्त, कार्यक्रम र संगठनात्मक गतिविधिका विषयमा रहेको थियो ।


त्यस्तै रास्ट्रिय राजनीतिमा पार्टीको भुमिका, कार्यकर्ताहरुको जनतासँगको सम्बन्ध, आचरण र व्यबहार लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

नगर कमिटी उपाध्यक्ष तोयानाथ सारुको स्वागत बाट सुरु भएको प्रशिक्षण होटल न्यु श्रीनगर रामपुर बेझाँडको सभाहलमा भएको प्रशिक्षण कार्यक्रम नगरकमिटी अध्यक्ष बिष्णुप्रसाद रेग्मीको अध्यक्षता र नगरकमिटी सचिब कृतिनाथ श्रेष्ठको संचालनमा भएको हो ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमालेमा आबद्ध रामपुरमा रहेका लुम्बिनी प्रदेश कमिटी, जिल्ला कमिटी, नगरकमिटी, वडाकमिटी र विभिन्न जनबर्गिय संगठनमा रहेका कार्यकर्ताहरुको उपस्थित रहेको थियो । प्रशिक्षण फाल्गुन २६ र २७ दुइ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।