पार्टीका नेता तथा कार्यकर्ताहरुलाई उद्यमशीलतासँग जोडिन आग्रह गर्दै प्रशिक्षण सम्पन्न

बोली खबर   २०८०-११-२७

रामपुर नगर कमिटी,पाल्पाद्वारा आयाेजित दुई दिवसीय पार्टी प्रशिक्षण कार्यक्रम आईतवार रामपुरमा सम्पन्न भयाे ।


प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटी सदस्य एवम् स्कुल विभाग उपप्रमुख दलबहादुर गुरुङले पार्टीको कखरा र तथ्याङ्कसँगै उद्यमशीलताका बारेमा सहजीकरण गर्नु भएको थिए । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई उद्यमशीलतासँग जाेड्नु पर्ने बताउनु भएको छ ।

साेही विषयमा नेकपा एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षणका लागि विषयवस्तु तय गरि अघि बढेकाे उनले सहजीकरणका अवसरमा बताउनु भएको छ ।
साेही प्रशिक्षणमा रुपन्देही स्कुल विभागका प्रमुख युवराज घिमिरेले माक्सवाद र जबज एवम् बैठक सञ्चालन विधि सम्बन्धि सहजीकरण गराउनु भएको थियो ।


केन्द्रीय सल्लाहकार परिषदका सदस्य युवराज खनालले प्रशिक्षणले नेता र कार्यकर्ताहरुलाई बैचारिक बनाउँदै लैजानुपर्ने बताउँदै यस्ता प्रशिक्षण निरन्तर सञ्चालन गर्न आवश्यक रहेकाे समेत बताउनु भयो।


प्रशिक्षण समापन कार्यक्रममा पाल्पा क्षेत्र नं .१ का सांसद मनननीय नारायण आचार्यले रामपुर क्षेत्रकाे एकीकृत विकासमा आफ्नाे पार्टी र आफू निरन्तर गतिशील हुने बताउनु भएको छ । उहाँले प्रशिक्षणमा उठेका पार्टीसँग सम्बन्धित सवालहरुका बारेमा उत्तर प्रदान समेत गर्नु भएको थिए ।


त्यसै गरी पार्टी जिल्ला सचिव भाेजराज पाेखरेलले जिल्ला कमिटीले गरेका निर्णय सुनाउँदै पार्टीका नेता, कार्यकर्ताले आलाेचना सहने क्षमता विकास गर्नुपर्नेमा जाेड दिनुभएको छ ।
उक्त कार्यक्रममा जिल्ला कमिटी उपसचिव दीपक विक लगाएतले आफ्ना भनाइ राख्नु भएको हो । नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षता ,नगर कमिटी सचिव कीर्तिनाथ श्रेष्ठको सन्चालनमा प्रशिक्षण सम्पन्न भएको छ ।दुई दिन सम्म होटेल न्यु श्रीनगरमा चलेको कार्यक्रममा प्रशिक्षण प्रभावकारी रहेकाे र व्यवहारिक रुपमा प्रयाेग गर्न सबै सहभागीहरुले प्रतिवद्वता जाहेर समेत गरेका छन् ।