दरैठाटी माद्यामिक बिद्यालयको अभिभावक भेला सम्पन्न ।
दरैँठाटी माद्यामिक बिद्यालय रामपुर नगरपालिका वडा नम्बर ६ बिजयपुर पाल्पाको बिद्यालय ब्यबस्थापन समिति गठन प्रयोजनको लागी भएको दोस्रो अभिभावक भेला सम्पन्न भएको छ । बिद्यालयको सभाहलमा भएको भेलाले बिद्यालय ब्यबस्थापन समिति गठनका लागी निर्बाचन प्रक्रियामा जाने निर्णय गरेको छ । सर्बसहमतिमा ब्यबस्थापन समिति गठन हुन नसकेपछी निर्वाचन प्रक्रियामा गएकाे हो ।
निर्वाचन प्रक्रिया अन्तर्गत २०८० साल चैत ४ गते बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र सोही दिन ४ बजे उम्मेदवारको मनोनयन दर्ताको सुची प्रकाशन गर्ने ।चैत ५ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारको बिरोधमा उजुरी दिने र सोही दिन २ बजे मनोनयनपत्र र उजुरी जाँचबुझ गरि निर्णय गर्ने । त्यसैगरी त्यसैदिन २.३० बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने । चैत ५ गतेनै दिहुँसो २.३० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने, दिहुसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४.३० बजे उम्मेदवारलाई निर्वाचन चिन्न प्रदान गर्ने ।त्यस्तै यही चैत १० गते बिहान ७.३० बजेबाट मतदान गर्ने गरी निर्वाचन तालिका प्रकाशन गरिएको छ ।
वडा नम्बर ६ का वडाअध्यक्ष दिवाकर देबकोटाकाे अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि रामपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख बिकल काफ्ले रहनुभएको थियो । मुख्य पाहुना शिक्षा अधिकृत काफ्लेले शैक्षिक क्षेत्रजस्तो ज्ञान आर्जन गर्ने ठाउँमा राजनीतिक गन्ध आउनु राम्रो नहुने बताउनुभयो ।उहाँले योग्य र प्राग्गिक ब्यक्तिलाई ब्यबस्थापन समिति सदस्य चयन गर्न सबै अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
बिद्यालय ब्यबस्थापन समिति छनौट समिति सदस्य एवं वडा नम्बर ६ का वडा सचिब महेश भट्टराई लगायतले सम्बोधन गर्नुभएको थियो । भेलामा बिद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देबकोटाको स्वागत र संचालन शिक्षक हेमबहादुर घर्तीले गर्नुभएको थियो ।


