चापाकोट नगरपालिकामा आगोलागी हुँदा १५ बाख्रा र दुई दर्जन कुखुरा जलेर नष्ट

बोली खबर   ६ चैत्र २०८०, मंगलवार ११:५४

स्याङ्जाको चापाकोट नगरपालिकामा मंगलबार बिहान आगोलागी हुँदा १५ बाख्रा र दुई दर्जन कुखुरा जलेर नष्ट भएको छ ।

चापाकोट नगरपालिकामा ५ सिमस्थित सोम बहादुर आलेको गोठमा आगलागी हुँदा १५ बाख्रा र दुई दर्जन कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बिहान करिव ५ बजेको समयमा गोठमा आगोको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय र प्रहरीको प्रयासमा एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । बिहान कुडोपानीका लागि आगो सल्काउने क्रममा आगोलागी भएको हुनसक्ने स्थानीयको भनाई छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।