पाल्पा । जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपती पाण्डेमाथी आक्रमण भएको छ । रामपुरका दुइ सहकारी एकिकरण गर्ने विषयमा विवाद हुँदा पाण्डेमाथी आक्रमण भएको हो ।
जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष तथा वचत तथा ऋण सहकारी संघ लिमिटेडका सल्लाहकार पाण्डये माथी हिँजो दिउँसो १ बजे आक्रमण भएको हो । रामपुरको सुर्योदय सहकारी र ताल पोखरा कृषि सहकारी बिच एकीकरणका बिषयको छलफलका क्रममा बिबाद उत्पन्न भै घटना घटेको प्रत्यक्ष दर्शि बताउनु हुन्छ ।
पाण्डेयको यूनाईटेड मिसन अस्पताल तानसेनमा उपचार भई रहेको छ । जिल्ला सहकारी संघ लिमिटेडले प्रेस विज्ञप्ती जारी गर्दै सहकारी अभियानलाई जताततैबाट विभिन्न किसिमबाट प्रहार भई रहेको वर्तमान अवस्थामा छलफल, सहमति र सहजताका साथ हुनपर्नेमा व्यक्तिगत रुपमा आक्रमण हुनु निन्दनीय र गैरकानूनी कार्य भएको जनाएको छ । विज्ञप्तीमा यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कानून बमोजिम कडा भन्दा कडा कार्यवाहीको माग गरिएको छ।