आज देखि एसईई परीक्षा सुरु, पाल्पामा ४ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुदै

बाेलीखबर   १५ चैत्र २०८०, बिहीबार ११:०४
फाइल तस्बिर

पाल्पा । यस वर्षको एसईई परीक्षा आज देखि सुरु भएको छ । बिहीवार बिहान ८ बजेदेखि देशभर एकसाथ एसईई शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा तथा २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैङ्गिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी छन् ।

पाल्पाबाट ४ हजार १ सय ८२ जना परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित तर्फ ४ हजार १० र ग्रेड वृद्धि तर्फ १ सय ७२ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएको छ ।

जिल्लाका दश वटा स्थानीय तहमा रहेका १ सय ३८ विद्यालय बाट २ हजार १ सय ६४ छात्रा तथा २ हजार १८ छात्र एसईई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले जनाएकाेछ ।

सामुदायिक तर्फ १ सय १८ विद्यालयका ३ हजार ६ सय ९५, संस्थागत तर्फ १९ विद्यालयका ४ सय ८७ विद्यार्थी सहभागी हुनेछन् । जसमा प्राविधिक धार तर्फ २ सय ६७ विद्यार्थी रहेका छन् । यस वर्ष सबैभन्दा बढी रामपुर ६ विजयपुर स्थित दरौटी मावि केन्द्र बाट २ सय ८७ जना र सबैभन्दा कम बगनासकाली स्थित चन्द्र मावि चापपानीबाट ६० जनाले एसइइ परीक्षा दिनेछन्।

परीक्षा चैत्र २७ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

तस्बिरः फाइल