पाल्पा । रामपुर नगरपालिका–३, रजघरामा जिप र मोटरसाईकल ठोकिँदा दुई जना घाईते भएका छन् । मोटरसाईकल चालक रामपुर नगरपालिका–१ फोक्सिङकोट बस्ने १६ वर्षिय सुनिल वि।क। र सोही मोटरसाईकलमा सवार उनका ४० वर्षिय आमा सेती वि।क। घाईते हुनु भएको हो ।
रामपुर बाट कावासोती तर्फ जाँदै गरेको लु १ ज ३७६९ नम्बरको जिप र रामपुर–१, फोक्सिङकोट बाट बेझाँड तर्फ आउँदै गरेको लु २१ प २९०७ नम्बरको मोटरसाईकल शुक्रबार विहान ७ बजे ठोक्किएको थियो । घाईतेहरुको अहिले रामपुर अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय रामपुर प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो । घाईते मध्ये चालकको अवस्था मध्यम र उनको आमाको अवस्था गम्भिर रहेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मोटरसाईकललाई ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।