दाेस्राे निस्दी महाेत्सवकाे आज तेस्राे दिन, ज्याेति मगरकाे प्रस्तुती रहने

बाेलीखबर   २८ चैत्र २०८०, बुधबार ०६:५७

पाल्पा । ‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ सुरु भएको दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव सुरु भएको आज तेस्राे दिन पनि बिभिन्न  राष्ट्रिय ख्याती कलाकार तथा स्थानीय कलाहरूकाे प्रस्तुती रहने अायाेजकले जनाएकाे छ ।

आज महाेत्सवकाे तेस्राे दिन बुधबारकाे मुख्य आकर्षककाे रूपमा लाेकदाेहाेरी गायिका ज्याेति मगरकाे बेजाेड प्रस्तुती रहने साँस्कृतिक संयाेजक झलक सारूले बताउनु भयाे ।

निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा निस्दी गाउँपालिका–४, झ्याल्टुङ्ग स्थित गाउँपालिकाको खेल मैदानमा महोत्सव भैरहेकाे छ। महाेत्सव आगामी बैशाख ३ गते सम्म चल्ने छ । मेलामा स्थानीय कृषि उपज तथा हस्तकलाका सामाग्रीको बिक्री वितरण, मौलिक खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शन, खुल्ला आमन्त्रित अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति, निस्दी डान्स आईडल, बालउद्यान र फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ ।