‘दाेस्राे निस्दी महाेत्सवकाे छैंठाै दिन’ प्रकाश दुतराजकाे दमदार प्रस्तुती (तस्बिर सहित)

बाेलीखबर   २ बैशाख २०८१, आईतवार १७:५८

पाल्पा । दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव निस्दी गाउँपालिका काे खेलमैदान झ्यालटुङ्गमा जारी छ । महाेत्सवकाे छैठाै दिन चर्चित कलाकार प्रकाश दुतराजले आफनाे सांगितिक प्रस्तुत गरी दर्शाकलार्इ भरपुर मनाेरञ्जन प्रदान गरेका थिए ।

पछिल्लाे समयमा रिमै गीतबाट ख्याती कमाएका कलाकार दुतराजकाे प्रस्तुती हेर्न दर्शाकहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

राती अवेर गरी मञ्चमा देखिएका कलाकार दुतराजकाे प्रस्तुती हेर्न आतुर रहेका दर्शकहरूकाे भरपुर मनाेरञ्जन लिएका थिए । कलाकार दुतराजले महाेत्सवमा सांगितिक प्रस्तुती दिंदा महाेत्सवमा आएका युवायुवती, वृद्धवृद्धा छमछमी नाचेर मनाेरञ्जन लिएका थिए । दुतराजले आधा दर्जन आफनाे सांगितिक प्रस्तुत गरेका थिए । रिमै, मन भुल्छ, लाहुर जाने रेल, घर कता हाे बैनीकाे, राइला गरम्ला, बैनी झ्यालमै, चुली मैलाे भाे लगायतका सांगितक प्रस्तुती दिएका थिए ।

महाेत्सवमा लाेक गायक तथा सर्जक हुम गैरेकाे बेजाेड प्रस्तुती रहेकाे थियाे । गैरेले आधा दर्जन बढी सांगितिक प्रस्तुती दिएका थिए ।  महाेत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरूकाे प्रस्तुति रहेकाे आयाेजकले जनाएकाे छ ।

महाेत्सवकाे छैठाै दिन बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीकाे प्रमुख अातिथ्यतामा सम्पन्न गरिएकाे थियाे । प्रमुख अतिथिले चिदीले निस्दी कृषि र पर्यटनको सम्भावना भएको पालिका रहेको बताउनुभयो । वहाले महोत्सवले स्थानीय संस्कृतिको प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण योगदान दिने बताउदै स्थानिय रूपमा उत्पादन हुने कृषि सामानलाइ बजारीकरण गर्नु पर्ने बताउनु भयाे । अध्यक्ष चिदीले निस्दी मगर सामुदायकाे बाहुल्य रहेकाे पालिका भएकाले साच्चिकै माैलिक साँस्कृति, पहिचानमा धनी रहेकाे बताउनु भयाे ।

मेलामा स्थानीय कृषि उपज तथा हस्तकलाका सामाग्रीको बिक्री वितरण, मौलिक खानाका परिकार, सांस्कृतिक झाँकी प्रदर्शन, खुल्ला आमन्त्रित अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल, दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुति, निस्दी डान्स आईडल, बालउद्यान र फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ ।