जेष्ठ नागरीकहरुको लागी अभिमुखीकरण कार्यक्रम रामपुरमा सम्पन्न

बोली खबर   ७ बैशाख २०८१, शुक्रबार १८:१६

जेष्ठ नागरीकहरुको लागी अभिमुखीकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको छ।

जेष्ठ नागरीकहरुका संबैधानिक कानुनी अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम रामपुरमा सम्पन्न भएको ।सामाजिक बिकास डिभिजन कार्यालय तानसेन पाल्पाको आयोजना र जेष्ठ नागरीक संघ पाल्पाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक बिकास डिभिजन कार्यालय तानसेनका प्रमुख मित्रप्रसाद गौतमको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमको मुख्य पाहुना लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठ रहनुभयको थियो ।
मुख्य पाहुना प्रदेश सभा सदस्य श्रेष्ठले जेष्ठ नागरीकहरुको हकहित र अधिकारको सुनिश्चितताको लागी राज्यले धेरै राम्रो काम गरेको बताउनुभयो ।प्रदेश सभा सदस्य श्रेष्ठले ६८ बर्ष उमेर पुगेका जेष्ठ नागरीकहरुको लागी वृद्ध भत्ताको ब्यबस्था, सार्बजनिक गाडीहरूमा ५० प्रतिशत छुटको ब्यबस्था ,७० बर्ष उमेर पुगेका वृद्धवृद्धाकाे लागि १ लाख बराबरको निशुल्क स्वास्थ बिमा कार्यक्रम लगायत धेरै अधिकारहरु नेपालको संविधानमा ब्यबस्था भएको बताउनुभयो । उहाँले कतिपय जेष्ठ नागरीकहरु परिवारबाट हेला हुने गरेको बताउदैँ जेष्ठ नागरीकहरुको पालनपोषण, हेरचाह र स्याहारसुसार गर्ने जिम्मेवारी परिवारका अन्य सदस्यहरुले गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले जेष्ठ नागरीकहरुको लागी रामपुर नगरपालिकाले धेरै राम्रो काम गर्दै आएको बताउनुभयो ।उहाँले जेष्ठ नागरीकहरुको लागी रामपुर ५ को रामघाटमा जेष्ठ नागरीक आश्रम निर्माण गरिएकाे बताउनुभयो ।
उहाँले जेष्ठ नागरीकहरु घरपरिवार र समाजबाट कुनै समस्या वा दुख भोग्नुपरेमा नगरपालिकामा उजुरी दिन सकिने बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारले जेष्ठ नागरीक सम्बन्धि एेन ,नेपालको संविधानले गरेका ब्यबस्था,जेष्ठ नागरीकहरुको काम कर्तव्य र अधिकार, स्थानिय तहको दायित्व लगायतका विषयमा जानकारी दिनुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा जेष्ठ नागरीक संघ पाल्पाका अध्यक्ष देबराज ढकालले २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ७० बर्ष उमेर पुगेका जेष्ठ नागरीकहरुलाई वृद्धभत्ताको ब्यबस्था गरेकोमा खुसी लागेको बताउनुभयो । उहाँले सरकारले हामी जेष्ठ नागरीकहरुको लागी धेरै राम्रो काम गरेको समेत बताउनुभयो ।
कार्यक्रममा सहभागी जेष्ठ नागरीक लेखनाथ पोखरेल लगायतले आफुले जिबनमा भोगेका समस्या र अनुभवका बारेमा आआफ्नो बिचार व्यक्त गर्नुभएको थियो ।
जेष्ठ नागरीक संघ पाल्पाका सदस्य केशब पङेनिको संचालनमा भएको कार्यक्रममा स्वागत जनार्दन लोढ र सहभागीलाई धन्यवाद रामपुर ५ का वडाअध्यक्ष दुर्गाप्रसाद पोखरेलले दिनुभएको थियो ।नमस्ते हाेटेलको सभाहलमा भएको कार्यक्रममा करिब सय जना जेष्ठ नागरीकहरुको उपस्थिति रहेको थियो ।