पाल्पा । रामपुर बचत तथा ऋण सहकारी संस्था लि ले २४ औ स्थापना दिवस मनाएकाे छ । संस्थाकाे कार्यालय संचालन गरेकाे १७ औ अवसरमा स्थापना दिवस मनाएको हाे ।
दिवसको अबसरमा बिपतमा सहकारी सदस्य सङ्ग सङ्गै कार्याक्रम अन्तरगत अग्नि पीडितलाइ राहत बितरण गरेको छ । गत बैशाख १९ गते रामपुर नगरपालिका वडा न ४ र ५ को राम्चे बन क्षेत्रमा लागेको आगो बाट घरबार बिहिन अग्नि पीडित शेयर सदस्यलाई राहत बितरण गरीएको हो ।

स्थापना दिवसको अबसरमा राहत बितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा अर्थ उद्योग वाणिज्य तथा पर्यटन बिभागका सभापति राजु प्रसाद श्रेष्ठले सहकारीले शुभारम्भ देखि अहिले बिपतमा मलम लगाउने गरी मनाइएको स्थापना दिवसको शुभकामना दिनु भएको छ । सभापति श्रेष्ठले रामपुर सहकारी उत्कृष्ट र सबल रहेको भन्दै ढुक्क भएर कारोबार गर्न अनुरोध गर्नु भएको छ।

स्थापना दिवसको अबसरमा सस्थापक उपाध्यक्ष नगिलाल पौडेल, संस्थापक सचिब लेखनाथ मरासिनी, कोषाध्यक्ष भोजराज भट्टराई लगायतले शुभकामना दिनु भएको छ ।
संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षमा उपाध्यक्ष बाबुराम श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन सचिब कृतिनाथ श्रेष्ठले गर्नु भएको थियो । आग्नि पीडित शेयर सदस्यहरु कृष्ण कुमार श्रेष्ठ, राजु श्रेष्ठ , स्याम कुमार श्रेष्ठ र खुम बहादुर रानालाइ नगद सहयोग गरीएको ब्यवस्थापक गाेबिन्द पाठकले जनाउनु भएकाेछ ।


