नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनपछि पनि नेपाली कांग्रेस प्रतिपक्ष नै बन्ने बताएका छन्। एमाले पाल्पाको १०औँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले एमालेले सरकारको नेतृत्व गर्ने बताउनु भएको छ।
‘२०८४ को निर्वाचनमा बहुमतसहित एमाले पहिलो पार्टी बन्छ। सरकारको नेतृत्व एमालेले नै गर्छ। कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ’, उनले थपे, ‘नेतृत्व एमालेले गर्छ। खबरदारी कांग्रेसले गर्छ।’
कांग्रेस गठबन्धनको सरकारले जनताकोहितमा काम गर्न नसकेपछि एमालेसँगको सहकार्यमा सरकार बनेको उहाले बताउनु भयो । मुलुक बनाउने जिम्मेवारी एमालेको काँधमा रहेको बताउँदै उनले जनताले एमालेकै विश्वास र भरोसा गरेका उल्लेख गर्नु भएको छ। पछिल्ला समयमा भएका उपनिर्वाचनले यसको संकेत गरेको पोखरेलले बताउनु भएको छ।
उहाले हचुवाको भरमा अब पनि पार्टी एकता गरे प्रहसन नै हुने बताउनु भएको छ। अहिले पार्टीलाई निर्णायक तहमा कसरी बलियो बनाउने, सुदृढीकरण गर्ने र जनतासँग कसरी जोड्ने भन्ने काममा नेतृत्व लागेको उहाले सुनाउनु भयो ।
एमालेको मुख्य काम मिसन चौरासी भएको र कसैको सहारा बिना एकल बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने पोखरेलले दावी गर्नु भएको छ। मुलुकमा विकास र समृद्धि ल्याउनका लागि अस्थिरता र अराजकताको अन्त्य गर्नुपर्ने उनले जिकिर गर्नु भएको हो।
अराजकताको पछि मान्छे भेला हुन थालेको उल्लेख गर्दै उहाले पूर्वराजा ज्ञानेन्द्र शाह, दुर्गा प्रसाईँकापछि मान्छे लागेका उहाले बताउनु भयो।
नेकपा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले सहकारीको रकम हिनामिनाबारे संस्थागत छानबिन गर्नुपर्ने बताउनु भएको छ। व्यक्तिमाथि छानबिन गरेर निकास नआउने उहाले बताइन्।
व्यक्तिको खल्तीमा छानबिन गर्ने होइन। संस्थाको छानबिन गर्न सके पीडितले न्याय पाउने अर्यालले दाबी गर्नु भएको छ। कांग्रेसले आफैँ देश बनाउँदैन। अरूलाई पनि बनाउन दिँदैन। सरकारमा आफैँ भएका बेला सहकारीको रकम अनियमिततामा चुइक्क बोलेन। अहिले फण्डा मच्चाएर सरकारमा जाने बाटो खोजिरहेको छ। जनतालाई भ्रमित पारेर सरकारमा जाने कांग्रेसको छिर्के दाउ पूरा नहुने उहाले बताउनुभएको छ।
कांग्रेसलाई सरकार बाहिर बस्दाको छट्पटी मात्रै भएको हो। सहकारी रकम अनियमितताबारे संस्थागत छानबिन गरेर यसमा जोडिएका सबैलाई कारबाही गर्नुपर्ने पूर्वमन्त्रीसमेत रहनु भएकी अर्यालले बताउनु भएको छ।
पीडितलाई न्याय दिन अहिलेको सरकार र एमाले पार्टी प्रतिबद्ध रहेको बताउनु भएको छ । मुलुक बनाउने कुनै मुद्दा नपाएपछि कांग्रेसल कैलास सिरोहिया र व्यक्तिमाथि राजनीति गरिरहेको छ। दोहोरो नागरिकता लिएको आरोपमा सिरोहियालाई अदालतले खोजेको र यसमा सरकारको कुनै हात नरहेको बताउनु भएको छ।
काङ्ग्रेस हल्ला र फण्डा सिर्जना गर्ने पार्टी हो। मुलुकलाई बर्बाद बनाउने तत्व कांग्रेस भएको उनले आरोप लगाउनु भएको छ। सहमतिमा नयाँ नेतृत्व चयन गर्न एमाले पाल्पाका नेता तथा कार्यकर्तालाई अनुरोध गर्नु भएको छ ।
त्यस्तै अधिबेशनमा पोलीट्व्युरो सदस्य बैज्यनाथ चौधरी ,पोलीट्व्युरो सदस्य ठाकुर गैरे , प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल ले शुभकामना व्यक्त गर्नु भएको थियो । जिल्ला उपाध्यक्ष देबिलाल लामीछानेले स्वागत ,अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षता र सचिब राम जी पोखरेल को सन्चालनमा सम्पन्न भएको छ । दुई दिन सम्म चल्ने अधिबेशनको आज दिन खुल्ला सत्र तानसेन नगर पालीकाको सभा हलमा सम्पन्न भएको छ ।