लुम्बिनीमा एमालेले टुंग्यायो ४ मन्त्री, पाल्पाबाट सारू मन्त्री बन्दै

बाेलीखबर   ९ श्रावण २०८१, बुधबार ०७:५४

पाल्पा । नेकपा एमालेले लुम्बिनी प्रदेशका चार मन्त्रीको नाम टुंगो लगाएको छ ।

लुम्बिनी प्रदेश पाल्पा क्षेत्र नं. १ (ख) बाट निर्वािचत खेम बहादुर सारू मगर मन्त्रीमा नियुक्त हुनु भएकाे छ । मुख्यमन्त्री चेतनारायण आचार्यसंगै आज पद तथा गोपनीयताको सपथ लिनु हुनेछ ।

नेकपा एमाले माथागढी गाउँ कमिटीका अध्यक्ष तथा वडा अध्यक्ष तेज बहादुर घर्तिका अनुसार  माननीय खेम बहादुर सारूमगरले समाजिक बिकास मन्त्रालय पाउने सम्भावना रहेकाे बताउनु भएकाे छ ।

एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त हुनु भएकाे हाे ।

सपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले आज बुधबार मन्त्रीको शपथ लिनुहुनेछ ।