‘बिरहको तिज (भाग ४)’ सार्वजनिक (भिडियो सहित)

बाेलीखबर   २०८१-०४-१५

पाल्पा । बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत यथार्थ पारिवारिक कथा बस्तुमा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) सार्वजनिक भएको छ ।

गायक गायिका ईन्द्र जि.सी.,बद्री पंगेनी, हुम गैरे लक्ष्मी परियार, कमला बि.शी.,बिमला गैरे,कृष्ण गैरे,ईब्सल सञ्ज्यालको  संयुक्त स्वरमा रहेको गीत सावर्जनिक भएकाे हाे । 

गीतकाो लय तथा शब्द संकलन हुम गैरेले गर्नुभएकाे हाे । राकेस सोनीको संगीत संयोजन रहेको समसामयिक यथार्थ घटनामा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) मा डि.बि. घिमिरे, धिरज खत्री,रमा ठकुरी,रुपा के.सी.,सुमन सिंह ठकुरी, निरु सिंह ठकुरी,पार्वती भट्टराई,मोहन दाहाल,कृष्णा मल्ल र बाल कलाकार अर्पणा बस्यालको जिबन्त अभिनय रहेको छ ।

गायक तथा सर्जक हुम गैरेको निर्देशन रहेको गीतलाई बसन्त मर्हजनले खिचेका हुन् भने अनिता थापाले श्रृंगार गर्नुभएकाे हाे ।  बिशाल फिल्मस् यु.टुब च्यानल मार्फत डिजीटल बिश्व बजारमा सार्वजनिक भएको तिज गीती कथा बिरहको तिज (भाग ४) लाई सफलताको शुभकामना । 

भिडियाेमाः