पाल्पा । रामपुर नगरपालिकाले ६० औँ राष्ट्रिय बाल दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरि मनाएको छ । रामपुर नगरपालिका शिक्षा शाखाले शनिबार विभिन्न प्रतियोगिता सहित विद्यार्थीहरुलाई सम्मान गरी दिवस मनाएको हो ।
कार्यक्रममा एसइई परिक्षा २०८० मा सहभागि भई ३.६ वा सो भन्दा बढि जिपिएका साथ उत्तिर्ण विद्यर्थीहरुलाई सम्मान गरेको थियो । यस्तै मावि स्तरीय वादविवाद प्रतियोगिता, आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगिता, प्रावि स्तरीय हाजिरिजवाफ प्रतियोगिता र चित्रकला प्रतियोगिता समेत सम्पन्न गरेको छ ।
विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख बाल कुमारी थापाले हरेक बालबालिका र विद्यार्थीको भविष्य शिक्षक र अविभावकमा निहित हुने बताउनुभयो । बालबालिकाको उज्जवल भविष्यका लागि घर र विद्यालय दुवैमा बालमैत्री वातावरण बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । हरेक बालबालिका कमजोर र क्षमतावान बनाउनका लागि अविभावकले सिर्जना गर्ने शैक्षिक वातावरण र शिक्षकको सिकाईमा भर पर्ने भएकाले शिक्षा र सिकाईका लागि उचित वातावरण बनाउन आग्रह गर्नु भएको छ ।
६० औँ राष्ट्रिय बाल दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नगरपालिका भित्रका सामुदायीक र निजी विद्यालयका ३.६ जिपिए ग्रेड वा सो भन्दा माथी ग्रेड ल्याई एसईइ उत्तिर्ण हुने ३५ जना विद्यार्थीहरुलाई नगद र सम्मान पत्रले सम्मान गरेको थियो । उनिहरुलाई नगद २ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरेको हो ।
दिवसको अवसरमा भएको मावि तह स्तरीय वादविवाद प्रतियोगितामा प्रथम गंगा माध्यमिक विद्यालय रामपुर ८ पाल्पाका श्रेया आचार्य, द्वितिय जनकल्याण माध्यमिक विद्यालयका स्वरुपराज खनाल, तृतिय भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलका सक्षम बस्ताकोटी र सान्तवना रामपुर अंग्रेजी माध्यमिक विद्यालयका रुपेश थापा र रामतुलसी माध्यमिक विद्यालयका विवशा घिमिरे भएका छन् । यस्तै आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम गेझा सनराईज बोर्डिङ स्कुल रामपुर १० पाल्पाका सुरक्षा गौडेल, द्वितिय दरैठाँटी माध्यमिक विद्यालयका कुशल सिग्देल ,तृतिय रामतुलसी माध्यमिक विद्यालयका नमुना न्यौपाने र सान्त्वना भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलका सुस्मिता खत्री भएका छन् ।
यसैगरी प्राथमिक तह स्तरीय हाजिरिजवाफ प्रतियोगितामा प्रथम दरैठाँटी माध्यमिक विद्यालय रामपुर ६ विजयपुर , द्वितिय रामतुलसी माध्यमिक विद्यालय रामपुर ५ वेझाँड, तृतीय गंगा माध्यमिक विद्यालय रामपुर ८ एक्लेटार र सान्त्वना भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुल रामपुर ५ मटेरी भएको छ । कक्षा १ देखि ३ सम्मको चित्रकला प्रतियोगितामा प्रथम बालासिद्ध प्राथमिक विद्यालयका मिलन श्रेष्ठ, द्धितिय दरैठाँटी माध्यमिक विद्यालयका विहानी ढकाल ,तृतीय रामपुर आधारभूत माध्यमिक विद्यालयका शुष्मा मोक्तान र तृतीय भूपु सैनिक राइजिङ इङ्गलिस बोर्डिङ स्कुलका रोजित मल्ल भएका छन् । प्रतियोगितमा विजयी विद्यार्थीहरुलाई नगद र प्रमाण पत्र सहित पुरस्कृत गरिएको थियो ।