पाल्पा । जापानी नागरिक काजुमासा काकिमि ओके बाजेलाई अभिनन्दन गर्ने भएको छ । पूर्वी पाल्पामा विगत ३ दशक यता देखि समाजिक सेवा गर्दै आउनु भएका समाजसेवी काकिमीलाई यस क्षेत्रका विभिन्न विद्यालय तथा संघ संस्थाले सामूहिक रुपमा अभिनन्दन गर्ने भएको हो ।
समाजसेवी काकीमिलाई आगामी कार्तिक ३ गते रामपुर ७ किसानबारी पाल्पामा एक समारोहका विच अभिनन्दन गर्ने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । ओकेबाजेको प्रतिमा स्थापना गरि साँस्कृतिक कार्यक्रम सहित अभिनन्दन गरिने ओकेबाजे अभिनन्दन सचिवालय समितिका संयोजक भिम विश्व भट्टराईले जानकारी दिनुभयो । समाजसेवी काकिमीको नाममा निर्माण भएको पार्कमा प्रतिमा राखिने र साँस्कृतिक झाँकी सहित भव्यताका साथ अभिनन्दन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
ओके बाजे पार्कको मर्मत सम्भार भईरहेको र विभिन्न साँस्कृतिक कार्यक्रम ,झाँकी र्याली सहित नगर परिक्रमा गरि अभिनन्दन गरिनेछ । कालीगण्डकी आँखा उपचार केन्द्रको भवनमा भएको पत्रकार सम्मेलनमा जापानी नागरिक काजुमासा काकिमीले आफुले पुर्याएको योगदानको सम्मान गर्दै अभिनन्दन गर्न लागेकोमा खुशी व्यक्त गर्नुभयो ।
तस्बिरः फाइल