रामपुरअस्पतालको सेवा बिस्तार गर्नेमा स्वास्थ मन्त्री सारुको भनाइ

boli khabar   ३ कार्तिक २०८१, शनिबार १२:०८

पाल्पा, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले मन्त्रालय रामपुर अस्पतालको शैया बढाउने भन्दा पनि सेवा विस्तारमा लागिरहेको बताउनु भएको छ। लुम्बिनी प्रदेश अन्तर्गत रहेको अस्पतालमा विशेषज्ञ सहितको सेवा विस्तारका लागि प्रतिवद्ध भएर लागेको बताउनुभएको हो । मन्त्री सारुले बिपन्न सुबिधा लीन सिफारिस गर्न प्रदेश जानु पर्ने बाध्यता हटाएर अब जिल्ला बाटै हुने व्यवस्था मिलाउन लागीएको समेत जिकिर गर्नु भएको छ ।

५० शैयाको अस्पतालको सेवा थप्ने विषयमा हामी अघि जान सक्छौं । वेड थप गर्न व्यायभार थेग्न सक्ने अवस्था छैन । कर्मचारीलाई तलब खुवाउन नसक्ने उपकरण थप गर्न सकेनौ भने फेरी पनि गुनोसो बढ्न सक्छ ।त्यसकारण अहिले भएको सेवालाई थप गर्दै स्तरीय सेवा दिदै सेवाका क्षेत्र फराकिलो बनाएर अगाडी जाँदा राम्रो हुन्छ ।’ उहाँले भन्नुभयो ।

शुक्रबार    रामपुर अस्पतालमा सरोकारवालाहरु संग भएको अन्तरक्रिया कार्यक्रममा सारुले शैया बढाउने भन्दा पनि सेवा विस्तारमा लागिरहेको बताउनुभयो । ५० शैयाको अस्पतालमा हाल ३२ वटा वेड सञ्चालनमा रहेको भन्दै उहाँले अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरेर विशेषज्ञ सहितको सेवा विस्तार गर्न लागि परेको बताउनुभयो ।

यसअघि प्रदेश सरकारले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत पश्चात प्रदेशले पुरानो समितिको म्याद हुँदा हुँदै नयाँ समिति गठन भए पश्चात अस्पतालहरुमा देखिएको समस्या समाधानका लागि प्रयास गर्दै आएको बताउनुभयो । सरकार परिवर्तन सँगै अस्पताल विकास समिति परिवर्तन हुनु दुर्भाग्य रहेको भन्दै रामपुर अस्पताल विकास समितिको विषयमा देखिएको समस्या सरकारवालासँग छलफल गरेर छिट्टै समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले स्वास्थ्यकर्मीलाई जनताको सेवक बनेर अघि बढ्न आग्रह गर्नु भएको छ । डाक्टरहरु साहेब बनिरहँदा जनता संगको जोडिने कुरा कम हुने भन्दै सेवक बनेर सेवा गर्न आग्रह गर्नु भएको हो । ‘डाक्टर भनेपछि साहब । हुन त मेयरलाई पनि साहब भनिन्छ । साहब भन्ने वित्तिकै आर्मी र प्रहरी तिर अलिब बढी  हुन्छ । आदेश भन्ने कुरा हुन्छ ।’ उहाँले भन्नुभयो, ‘हामी साहब बनिरहँदा जनता संग जोडिने कुराहरु अलिक कम हुँदो रैछ भन्ने मैले कताकता महशुस गरेको कुराहरु । त्यस कारण डाक्टरहरु साहब नबनीदिनुस् ।’ डाक्टर साहब भन्दै गर्दा सेवाग्राही विरामीहरु र डाक्टरहरु वीचको दुरी अलिक ग्याप हुन गएकाले सेवक बनेर जनताको विचको मध्यस्थकर्ता काम गर्न अनुरोध गर्दै आएको बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर अस्पताललाई ट्रमा सेन्टरको रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । रामपुर अस्पतालको फरक इतिहास रहेको भन्दै अस्पताल विकास समितिको सन्दर्भमा देखिएको समस्यालाई तत्काल निकास दिनु पर्नेमा जोड दिनुभयो । स्वास्थ चौकि स्थापना देखि हाल सम्म अस्पतालको नजिक रहेको बताउदै उहाँले अस्पताल गण्डकी बेशिको मुटु हो र करीडोरको बिकास सङै दुर्घटना बढि हुने भएकोले ट्रमा सेन्टरका लागी जोड दिनु भएको थियो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले अस्पताल विकास समितिलाई राजनितिकरण गर्न नहुने बताउनुभयो । उहाँले राजनैतिक निुक्तका आधारमा गठन भएको समिति सरकार परिवर्तन संगै परिवर्तन हुने क्रमले अस्पताल सञ्चालनमा समस्या देखिएकाले अस्पताल विकास समितिलाई संस्थागत गर्नु आवश्यक रहेको बताउनुभयो ।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले दरबन्दी भएपनि चिकित्सकहरु राज्यले पठाएको स्थानमा नजाने समस्या रहेको भन्दै जहाँ दरबन्दी छ त्याहाँ पुग्नै पर्ने नीति लागू गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले  सिमित स्रोतका विच पनि स्वस्थ्यकर्मीहरुले दिएको योगदानको चर्चा गर्दै नगरपालिका सधैं अस्पतालको साथमा रहेको बताउनुभयो ।  लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव वासुदेव उपाध्यायले विशेषज्ञ चिकित्सकहरु शहर केन्द्रित हुँदा समस्या भएको बताउनुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले अस्पतालको उत्थानका स्थानीयको मुख्य जिम्मेवारी रहने बताउँनुभयो । साथै स्वास्थ्यकर्मीहरुलाई आफ्नो कर्तव्यमा प्रतिवद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा  रामपुर अस्पताल विकास समितिका पूर्व अध्यक्ष रामप्रसाद ढकालले सरकार परिवर्तन संगै सामाजिक संस्थाको अध्यक्ष परिवर्तन हुँदा दुख भएको भन्दै अस्पताललाई राजनिती संग जोड्न नहुने बताउनुभयो । नेपाली कांग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराईले भएका स्रोत र साधनको सहि सदुपयोग संगै व्यवस्थापनलाई चुस्त बनाएर अघि बढ्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, एकिकृत समाजवादीका कमल सेन, राष्ट्रिय प्रजातन्त्र पार्टी रामपुरका अध्यक्ष राजेन्द्र प्रसाद ढकाल, राष्ट्रिय जनमोर्चा रामपुरका अध्यक्ष रामप्रसाद गैह्रे,  खिम बहादुर केसी पुरुषोत्तम, सुकदेव पोखरेल, प्रकाश ज्ञावली, आभाष भट्टराई र शिशिर रेग्मीले सुझाव सहित आफ्ना जिज्ञासा राख्नु भएको थियो । उहाँहरुले अस्पताल विकास समिति गठनमा राजनैतिक हस्तक्षेप गर्न नहुने, दरबन्दी अनुसारको स्वस्थ्यकर्मी खटाउनु पर्ने, अस्पतालको व्यवस्थापनको पक्षलाई थप व्यवस्थित बनाउनु र आवश्यक उपकरण खरिद तथा मर्मत सम्भार समय मै हुनु पर्ने सुझाव राख्नु भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका सभापति मनोरथ भट्टराईले ब्लडको जोहो गर्दै आएपनि म्याचिङ्गको समस्या भएको बताउनु भएको थियो । कार्यक्रममा रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. अमिर काफ्लेले अस्पतालको बर्तमान अवस्था र भावि योजनाको बारेमा जानकारी गराउनु भएको थियो । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रको जनताको लागि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले गत आर्थिक वर्षमा ७२ हजार भन्दा बढीलाई सेवा प्रदान गरेको थियो